शुक्रबार ६ बैशाख, २०७६
काठमाडौं, वैशाख ६ । कांग्रेस आईका नेता हार्दिक पटेललाई मञ्चमा भाषण गर्दागर्दै एक स्थानीयले थप्पड हानेका छन् । पटेलले भाषण गरिरहँदा उनको दायाँतर्फबाट एक व्यक्ति आएर अनायासै झापड हान्दै केही कुरा बोलेका छन् । गुजरातको सुरेन्ददरनगर जिल्लामा आयोजित ‘जन आक्रोश सभा’को मञ्चमा भाषण गरिरहेका पटेललाई झापड हानिएको भिडियो सार्वजनिक भएको हो । थप्पड प्रहार गर्नेलाई प्रहरीले नियन्त्रणमा लिएको समाचारमा जनाइएको छ ।
पटिदार आन्दोलनबाट उदाएका दलित नेता पटेल पछिल्लो समय कांग्रेस आईमा प्रवेश गरेका छन् । कांग्रेसको अवरोधका कारण उनलाई चुनावमा टिकट भने दिइएन ।
#WATCH Congress leader Hardik Patel slapped during a rally in Surendranagar,Gujarat pic.twitter.com/VqhJVJ7Xc4
— ANI (@ANI) April 19, 2019