आईतवार ११ माघ, २०७७ (Sunday January 24, 2021)

चर्च र होटलमा विस्फोट हुँदा मृत्यु हुनेको संख्या डेढ सय पुग्यो, चार सय घाइते 

आईतवार ८ बैशाख, २०७६ फिल्म ~ शाला टिभी 1489


चर्च र होटलमा विस्फोट हुँदा मृत्यु हुनेको संख्या डेढ सय पुग्यो, चार सय घाइते 

काठमाडौं, वैशाख ८ । श्रीलंकामा चर्च र होटलमा भएको श्रृङ्खलावद्ध विस्फोटमा मृत्यु हुनेको संख्या १३७ पुगेको छ भने ४ सय भन्दा बढी घाइते भएका छन् ।

आइतबार इसाई धर्मावलम्बीले इस्टर पर्व मनाइरहेका बेला तीन वटा चर्च र कोलम्बोको फाइभ स्टार होलल गरी जम्मा ६ वटा बम विष्फोट भएको थियो । घटनामा हालसम्म १३७ जनाको मृत्यु भएको पुष्टि भएको छ भने मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने त्यहाँको सञ्चारमाध्यमहरुले बताएका छन् । मृत्युहुनेहरुमा स्वदेशी तथा विदेशी नागरिक समेत रहेको अधिकारीहरुले बताएका छन् । कोलम्बो अस्पतालले कम्तीमा नौ जना विदेशीको मृत्यु भएको बीबीसीले जनाएको छ ।

कोच्चादाइस्थित सेन्ट एन्थोनी, बाट्टीकोला र नेगोन्बा चर्चमा र कोलम्बोमा साङ्ग्री–ला स्टार, किङबरी र सिनेमन ग्राण्ड होटलमा विस्फोट भएको थियो । इस्टर सन्डे इसाई क्यालेन्डरमा एक ठूलो पर्व हो र यो दिन चर्चमा प्रार्थना हुन्छ ।

राष्ट्रपति मैत्रिपाल सिरिसेनालेले राष्ट्रका नाममा सम्बोधन गर्दै देशवासीलाई शान्त रहन आग्रह गरेका छन् । उनले घटनाबारे सुरक्षा एजेन्सीले जाँच गरिरहेको बताएका छन् ।
घटनापछि शहरको सुरक्षा बढाइएको छ भने घटनास्थलमा उद्दार कार्य जारी छ । प्रधानमन्त्री रनिल विक्रमासिंघेले सुरक्षाबारे आपतकालीन बैठक बोलाएका छन् ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु