आईतवार ११ माघ, २०७७ (Sunday January 24, 2021)

भारतमा तेस्रो चरणको मतदान सुरु

मंगलवार १० बैशाख, २०७६ फिल्म ~ शाला टिभी 1426


भारतमा तेस्रो चरणको मतदान सुरु

  
नयाँ दिल्ली, वैशाख १० । भारतमा लोकसभाको तेस्रो चरणको मतदान सुरु भएको छ । मंगलबार १३ राज्य र केन्द्रबाट शासित २ प्रदेश गरी १ सय १७ लोकसभा सिटका लागि मतदान हुँने भएको हो । 
सबै आ–आफ्नो सिटका लागि १ हजार ६ सय १२ उम्मेदवार चुनावी मैदानमा उभिएका छन् । जसमध्ये ३ सय १४ उम्मेदवार राष्ट्रिय दलबाट, ७६ जना क्षेत्रीय दलबाट, ४ सय ९२ जना गैर मान्यता प्राप्त दलबाट र ७ सय १२ जना स्वतन्त्र उम्मेदवार रहेको भारतको चुनाव आयोगले जनाएको छ ।

स्थानीय समयअनुसार आज विहान ७ बजेबाट सुरु भएको मतदान साँझ ५ बजेसम्म चल्नेछ । आज हुने निर्वाचनका लागि गुजरात, केरला, महाराष्ट्र र कर्नाटकको ७४ सिटलाई भने महत्वपूर्ण मानिएको छ।

विशेषगरी प्रमुख २ दल सत्तारुढ भारतीय जनता पार्टी र प्रमुख प्रतिपक्ष भारतीय कांग्रेस दुबैका लागि महत्वपूर्ण छ । आजैका दिन दुबै पार्टीका प्रमुखको चुनावी भविष्यबारे निर्क्योल हुनेछ । बिजेपी अध्यक्ष अमित शाह गुजरातको गान्धीनगरबाट र कांग्रेस अध्यक्ष राहुल गान्धी वायनाड संसदीय क्षेत्रबाट चुनावी लड्दैछन् ।

भारतीय प्रधामन्त्री नरेन्द्र मोदीले पनि आजै आफ्नो मताधिकार सुरक्षित गरिसकेका भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । अहमदावादस्थित मतदान केन्द्रमा मोदी आफ्नी नातिनीका साथमा देखिएका थिए । सो क्रममा उनको साथमा बिजेपी अध्यक्ष शाहसमेत सँगै थिए। गृहनगर पुगेका बेला उनले आफ्नी आमालाई समेत भेटेका छन् ।

गत अप्रिल ११ बाट सुरु भएको निर्वाचन ७ चरण पार गर्दै मे १९ मा सकिँदैछ । चुनावको मतगणना भने मे २३ बाट सुरु हुनेछ ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु