बिहीबार १२ बैशाख, २०७६
सियान, वैशाख १२ । चीनको राजकीय भ्रमणमा रहेकी नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीलाई स्वागतका लागि चीनमा नेपालको झण्डा फहराईएको छ । भ्रमणका क्रममा सान्सी प्रान्तमा सरकारले राखेको होटेल पिपल्स ग्रान्डको छतमा नेपाल झन्डा फहराइएको हो ।
समकक्षी सी चिनफिङको निमन्त्रणमा चीन भ्रमणमा पुगेकी राष्ट्रपति भण्डारी बुधबार सान्सी प्रान्तको केन्द्र सियान आइपुगेकी छन् ।
त्यसो त सन् १९५३ मा स्थापना हुँदा यो होटेल सान्सी प्रान्तको सरकारी अतिथिगृहको रुपमा रहेको थियो । फ्रान्सेली कम्पनी सोफिटेल लिजेन्डसँग व्यापारिक साझेदारीमा परिणत यस होटेलको नाम हाल सोफिटेल लिजेन्ड पिपल्स ग्रान्ड होटेल रहेको छ ।
भ्रमणका क्रममा राष्ट्रपति बेइजिङमा आयोजना हुने दोस्रो ‘बेल्ट एन्ड रोड फोरम फर इन्टरनेसनल कोअपरेसन’मा सहभागी हुनेछिन भने उक्त फोरमलाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
राष्ट्रपति भण्डारी बैसाख १९ गते स्वदेश फर्कने कार्यक्रम छ ।
Kamal
Mitra Rastra Asta po ta ho