मंगलवार ६ माघ, २०७७ (Tuesday January 19, 2021)

कास्मीर घटनाका दोषी मसुद आतंककारी घोषित 

बिहीबार १९ बैशाख, २०७६ फिल्म ~ शाला टिभी 1762


कास्मीर घटनाका दोषी मसुद आतंककारी घोषित 

काठमाडौं, बैशाख १९ । भारतको कश्मीरमा ४० जनाको ज्यान जाने गरी हालै गराइएको आत्मघाती आक्रमणको जिम्मेवारी लिएका समूहका नेता मसूद अजहरलाई संयुक्त राष्ट्रसङ्घ युएनले आतङ्कवादी घोषणा गरेको छ । 

सुरक्षा परिषदले विज्ञप्ति जारी गर्दै मौलाना मसुदको सम्बन्ध अलकायदासँग रहेको भन्दै उनलाई आतंककारी घोषणा गरेको हो । उनले आक्रमणको योजना बनाउने, पैसा जम्मा गर्ने, हतियार ओसारपसार र बेच्ने गरेको आरोप छ । 

उनी भारत र पाकिस्तानबीच हंगमा गराउने जैश–ए–मोहम्मद समूहका प्रमुख समेत हुन् । पाकिस्तानको आतंकवादी संगठन जैश ए मोहम्मदका प्रमुख मौलाना मसुद अजहरलाई संयुक्त राष्ट्रसंघले अन्तर्राष्ट्रिय आतंककारी घोषणा गरेको छ ।

उनलाई आतंकारी घोषणा गरेपछि भारतले आफ्नो कूटनीतिक जित भएको मानेको छ ।

यद्यपि पाकिस्तानले आफ्नो भूमिबाट कुनै पनि संगठनलाई आतंक फैलाउन नदिइने बताएको छ र आतंकवाद अन्त्य गर्ने संकल्प पनि गरेको छ ।

भारतले मसुद अजहर नेतृत्वको जैश ए मोहम्मदलाई भारतका धेरै स्थानमा भएका आक्रमणमा जिम्मेवार मान्दै आएको छ । 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु