मंगलवार ६ माघ, २०७७ (Tuesday January 19, 2021)

झडपको दोस्रो दिन ४२ कैदीहरु कारागारमा मृत फेला

मंगलवार १४ जेष्ठ, २०७६ फिल्म ~ शाला टिभी 1411


झडपको दोस्रो दिन ४२ कैदीहरु कारागारमा मृत फेला

काठमाडौं, जेठ १४ । उत्तरी ब्राजिलको एक कारागारमा ४२ कैदी मृत फेला परेका छन् । घटनाको एक दिनपहिले अमेजनस राज्यको उक्त कारागारमा १५ जनाको ज्यान जाने गरी झडप भएको थियो । त्यसको एकदिनपछि भनै ठूलैसंख्यामा कैदीहरु मृत भेटिनाले घटना रहस्यमय बनेको छ । 

ब्राजिलका सरकारी अधिकारीहरुका अनुसार, अमेजन राज्यको राजधानी मानसस्थित ४ वटा कारागारमा गरिएका निरीक्षणका क्रममा कैदीहरु मृत भेटिएका हुन् । घटनापछि यसबारे सरकारी अधिकारीहरुले छानबिन थालेको बताइएको छ । अवस्थालाई  थप बिग्रन नदिन एक कार्य दललाई घटनास्थलमा परिचालन गरिएको छ ।

अक्सिजन अभावले श्वासप्रश्वासमा अवरोध भई कैदीहरुको ज्यान गएको अमेजन राज्यको प्रिजन एजेन्सीले जनाएको छ ।


ब्राजिलमा आपराधिक गतिविधि बढी हुन्छ । विश्वमै तेस्रो ठूलो कैदीबन्दी भएको देश ब्राजिल भएको तथ्यांकमा उल्लेख छ । 

कैदीको संख्या अत्यधिक भए पनि ब्राजिलसँग कैदी राख्ने पूर्वाधार अभाव छ । त्यहाँ कारागारमा क्षमताभन्दा दोब्बर बढी कैदी राखिन्छ । कैदीबन्दी कारागारमा कोचाकोच हुँदा लगातार अप्रिय घटना भइरहेको बताइएको छ ।

तस्वीरः : रोयटर्स/ कारागारमा रहेका आफन्त मृत भेटिएको जानकारी पाएपछि भावविह्वल बनेका आफन्त ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु