सोमबार १५ मंसिर, २०७७ (Monday November 30, 2020)

१३औँ साग खेल आज समापन हुदै

मंगलवार २४ मंसिर, २०७६ filmshalatv 1475


१३औँ साग खेल आज समापन हुदै

१३औं दक्षिण एसियाली खेलकुदको समापन आज हुने  भएको छ। समापन कार्यक्रम भव्य र छोटो हुने राष्ट्रिय खेलकुद परिषद् राखेपका सदस्यसचिव रमेशकुमार सिलवालले जानकारी दिए। 

दशरथ रंगशालामा नेपाल र भुटानबीचको फाइनल फुटबल खेल प्रश्चात मार्चपास सुरु हुनेछ। मार्चपास सकिएपछि सार्कको १४औं संस्करण आयोजक पाकिस्तानलाई झन्डा हस्तान्तरण गरिनेछ। पाकिस्तालले सांस्कृतिक कार्यक्रम गरेमा उसलाई ३० मिनेटको समय छुट्ट्याइएको छ, सिलवालले भने।

समापन समारोहमा सांस्कृतिक कार्यक्रम, विद्यालयका विद्यार्थीको प्रदर्शन तथा ब्यान्ड र सराय नाचको विशेष प्रस्तुति रहनेछ।यसैगरी समापनका अवसरमा नेपाल भ्रमण वर्षको केही कार्यक्रमसहित आतसबाजी गरिनेछ।“ सागका खेलहरु सुरुवाती दिन देखि , नवौं दिनसम्म पनि  निकै राम्रो भएकोले यसको मूल्यांकन गर्ने जिम्मा आमनेपालीको हो” सदस्यसचिव सिलवालले बताउनुभयो ।

राखेपले साधारण प्यारापिटमा आठ हजार र भीआईपी प्यारापिटमा एक हजार मात्र दर्शक टिकट बिक्री गरेको छ। टिकट मूल्य साधारण प्यारापिटको एक हजार र भीआईपीएको दुई हजार राखिएको बताइएको छ।

समारोहमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, राखेपमा सदस्यसचिव रमेश सिलवाल र पाकिस्तानका प्रतिनिधिले समेत  सम्बोधन गर्नेछन्।


 




मतहरू

tebozqehsp

???? ??? ??? ?? ????? ???? tebozqehsp http://www.gyg200t22sn44ji139uu3uwh783i8um1s.org/ [url=http://www.gyg200t22sn44ji139uu3uwh783i8um1s.org/]utebozqehsp[/url] atebozqehsp


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु