सोमबार १५ मंसिर, २०७७ (Monday November 30, 2020)

साहसी याेद्धा मम्माई डाेल्मु तामाङ

शुक्रबार ४ पुष, २०७६ filmshalatv 3165


साहसी याेद्धा मम्माई डाेल्मु तामाङ

साहसी योद्धा मनमाया (मम्माई डोल्मु) तामाङको जन्म वि.सं १९९३ वैशाख पहिलो हप्ताको बुधबार भएको हो ।
२०१८ सालमा भूमिगत जीवन विताएका प्रजातान्त्रिक योद्धाहरूलाई प्रहरीको आँखा छलेर लुकिछिपी जङ्गल जङ्गलमा खाना खुवाएर बचाउनुहुने भीरपानी, चिसापानी निवासी साहसी महिला योद्धा मनमाया तामाङ (मम्माई डोल्मु)गाउँघरमा साईली आमाको  नामले परिचित छिन् । मम्माई डोल्मु आमा अहिले ८३ वर्ष हुनुभएछ ।


 
  अहिले उहाँलाई स्वासप्रस्वास संबन्धि रोगले सताएका कारण छोरीको आश्रयमा बस्नु भएको रहेछ ।
 उहाँको साहसको बारेमा बताउनु हुँने प्रजातान्त्रिक योद्धा धनीराम मोक्तान (धारापानी का )अनुसार रामेछाप जिल्लाको राजनीतिक आन्दोलनमा त्यो बेलाका कठिन परिस्थितिमा उहाँले  पुर्याउनुभएको योगदान र प्रबृत्ति बुझ्न सहयोग हुनसक्ने ठानेर  उहाँलाई खोज्दै हामी कोटेश्वर पुगेका थिए ।

मम्माई डोल्मोले सोलिथुम्का जङ्गलमा जोखिम मोलेर केराका पातमा भात खुवाएर जोगाएको प्रजातन्त्र अचेल झाँङ्गिएको छ । यो देखेर डोल्मु खुसी हुनुहुन्छ ।


हामी भेट्न जाँदा झन् धेरै खुसी हुनुुभयो । त्यस बेलाका योद्धा मध्ये एक किरण मोक्तानकी हजुरबा धनिराम मोक्तान हुनुहुन्थ्यो । अहिले उहाँ ९२ बर्षको बृद्ध हुनुहुन्छ । त्यसैले होला किरण मोक्तानलाई देख्दा  अँगालो हालेर चुप्प खानुुभयो ।
उहाँको एउटा समस्या रहेछ, संधै अक्सिजन लगाउनु पर्ने । उहाँले भन्नुभयो “सिलिण्डर किन्न र ल्याउन समस्या छ,अक्सिजन उत्पादन गर्ने बाकस पाईन्छ रे  त्यो भए ढुक्क हुन्थ्यो । ” 

चार दिन दुई रात सम्म गीत गाउन सक्ने क्षमता भएकी मम्माइ डोल्मो आफनो विगतको त्यो रमाइलो क्षणलाई सम्झदै यसरी गीत सुनाउनुहुन्छ ।

“ पानी न होइनि रिमिझिमी घाम मै लाग्यो रमाइलो रेसम
हाई मेरो सानु मरि लानु के छ गरौ रमाइलो रेसम 
गरौ गरौ रमाइलो साइली माइली गरौ गरौ रमाइलो रेसम ”।

   तस्बिर ः श्रीहरि श्रेष्ठ

Video 

 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु