मंगलवार ६ माघ, २०७७ (Tuesday January 19, 2021)

श्रीपञ्चमीमा विद्याकी देवी सरस्वतीको पुजा

शुक्रबार १७ माघ, २०७६ filmshalatv 1502


श्रीपञ्चमीमा विद्याकी देवी सरस्वतीको पुजा

बसन्त पञ्चमी अर्थात श्रीपञ्चमी । विद्याकी देवी सरस्वतीको पूजा आराधाना गरी  श्रीपञ्चमी मनाएका छन् ।

विद्यालय जाने उमेर पुग्न थालेका बालबालिकालाई हिजोकै दिन अक्षर चिन्न र अक्षर लेख्न सिकाउने पनि गरिन्छ । सरस्वती पूजाको दिन शिक्षा आरम्भ गरे बालबालिकाहरु पढ्नमा तिक्ष्ण हुने विश्वास पनि  छ ।

देशभरका सरस्वती मन्दिरमा पूजाआराधना गर्न श्रद्धालुजनको भीड लागेको थियो।

बालबालिकाहरुले मन्दिरमा ‘कखग ’ र ‘एबीसीडी’ लेख्न सिकेका छन् । आफैले लेखेका अक्षर देखेर उनीहरु हर्षित देखिन्छन् ।


श्रीपञ्चमीको दिन सरस्वतीको पूजा गरे विद्या बढ्ने र विद्यार्थी मेधावी बन्ने विश्वास छ । तसर्थ आजको दिन खासरी विद्यार्थीहरुले विशेष पूजापाठ गर्ने गर्दछन् । घर, विद्यालय र मन्दिरमा पूजा आराधाना गरिन्छ ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु