सोमबार १५ मंसिर, २०७७ (Monday November 30, 2020)

कोरोना संक्रमणबाट रुपन्देहीमा वडा सदस्यको मृत्यु

बिहीबार २२ आश्विन, २०७७ फिल्म ~ शाला टिभी 1327


कोरोना संक्रमणबाट रुपन्देहीमा वडा सदस्यको मृत्यु

असोज २२, काठमाडौं । रुपन्देहीमा एक जना वडा सदस्यको कोरोना (कोभिड–१९) संक्रमणबाट मृत्यु भएको छ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नं. ५ का वडा सदस्य इन्जिनियर सुवोध तुलाचनको मृत्यु भएको हो ।

भैरहवास्थित युनिभर्सल मेडिकल कलेजको भेन्टिलेटरमा उनको उपचार भएको थियो । बुधबार राति उपचारको क्रममा तुलाचनको मृत्यु भएको वडा नं. ५ का अध्यक्ष चेत बहादुर क्षेत्रीले जानकारी दिए ।

४७ वर्षीय तुलाचन नेपाली कांग्रेसका तर्फबाट वडा सदस्यमा निर्वाचित भएका थिए ।

यही असोज १३ गते उनमा कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको थियो । १४ गते श्वासप्रश्वासमा समस्या भएपछि अस्पताल लगिएको थियो । ‘उनलाई अस्पताल पुर्याउँदा शरीरमा अक्सिजनको मात्रा एकदमै कम भएर  रेमिडिसिभर औषधि दिएर भोलिपल्ट भेन्टिलेटरमा राखिएका  ’ वडा अध्यक्ष चेत बहादुर क्षेत्रीले जानकारी दिए । 

‘त्यसपछि उहाँको स्वास्थ्यमा सुधार देखियो । शुक्रबार अक्सिजनको मात्रा ९४ आयो,’ उनले भने, ‘शनिबार उहाँले चिया(पाउरोटी पनि खानुभयो तर त्यही दिन बिहान ११ बजे गाह्रो भएछ । डाक्टरहरुले सक्दो प्रयास गर्दागर्दै गएराति प्राण गयो ।’

अध्यक्ष क्षेत्रीले जानकारी दिए अनुसार वडा सदस्य तुलाचनको निधनको शोकमा आज वडा कार्यालयको सेवा बन्द गरिएको छ । 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु