सोमबार ८ मंसिर, २०७७ (Monday November 23, 2020)

प्रधानमन्त्री ओलीका तीन सल्लाहकार कोरोना सङ्क्रमण मुक्त

शुक्रबार २३ आश्विन, २०७७ फिल्म ~ शाला टिभी 1224


प्रधानमन्त्री ओलीका तीन सल्लाहकार कोरोना सङ्क्रमण मुक्त

 

असोज २३, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णुप्रसाद रिमाल, प्रेस सल्लाहकार सूर्य थापा, परराष्ट्र सल्लाहकार राजन भट्टराई कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणबाट मुक्त भएका छन् ।

उनीहरु सबैको पिसीआर परीक्षण गर्दा असोज १७ मा कोरोना सङ्क्रमण देखिएको थियो । तर बिहीबार गरिएको पिसीआर परीक्षणका क्रममा उनीहरूको नेगेटिभ रिपोर्ट आएको प्रेस सल्लाहकार थापाले जानकारी दिए । 

तीनै जनाको परिवारका सदस्यको कन्ट्याक्ट ट्रेसिङ परीक्षणको रिपोर्ट पनि नेगेटिभ आएको थापाले बताए ।

थापाले भने, ‘हामीले कोरोना सङ्क्रमण सात दिन बित्दानबित्दै जित्न सकेका छौँ । हामीप्रति शुभेच्छा र सद्भावका निम्ति सबै महानुभावप्रति आभारी र कृतज्ञ छौँ ।’




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु