सोमबार ८ मंसिर, २०७७ (Monday November 23, 2020)

कोरियामा रहेका नेपाली श्रमिकहरुको मानसिक स्वास्थ्य समस्या न्यूनिकरणकालागि अनलाईन परामर्श गरिँदै

आईतवार २५ आश्विन, २०७७ फिल्म ~ शाला टिभी 1236


कोरियामा रहेका नेपाली श्रमिकहरुको मानसिक स्वास्थ्य समस्या न्यूनिकरणकालागि अनलाईन परामर्श गरिँदै

२०७७ असोज २५ । कोरियाका नेपाली श्रमिकको मानसिक स्वास्थ्य समस्या न्यूनिकरणकालागि आईतबारदेखी ‘अनलाईन मनोसामाजिक परामर्श’ कार्यक्रम सञ्चालन गरिने भएको छ ।

उक्त वेव कार्यशाला फरक फरक विषयमा हप्ताको एक दिन आईतवार साँझ ७ बजे देखि ८ः३० सम्म सञ्चालन गरिने दूतावासले जनाएको छ । नेपाली दूतावास सिओलको आयोजना र गैर आवासिय नेपाली संघ दक्षिण कोरियाको व्यवस्थापनमा सो कार्यक्रम सञ्चालन गरीएको हो । 

नेपाली श्रम कन्सुलर रमा भट्टराईका अनुसार मानिसले गर्ने हरेका क्रियाकलापमा मानसिक स्वास्थ्य जोडिने विषय भएको र कोरियामा घट्ने कतिपय आत्महत्या जस्ता घटनाहरुमा पनि मानसिक स्वास्थ्य नै जोडिएको पाईएकाले उक्त विषयमा कार्यशाला गर्न लागिएको हो । 

यस किसिमका कार्यशालाले श्रमिकमा सकारात्मक उर्जा प्राप्त गर्न सहयोग पुग्ने तथा आत्महत्या न्यूनिकरण हुने  दूतावासको दाबी छ । विगतका वर्षहरुमा देशका विभिन्न स्थानमा परामर्श कार्यक्रम गरिँदै आएकोमा यो वर्ष कोरोना माहामारीका कारण अनलाईनबाटै भएपनि कार्यशाला गर्न लागिएको दूतावासले जनाएको छ ।

यहाँका नेपाली श्रमिकको शारिरिक तथा मानसिक स्वास्थ्य, सामाजिक र आर्थिक समस्यालाई संबोधन गर्ने उद्देश्यले अक्टोवर देखि डिसेम्बर सम्ममा १२ ओटा अनलाईन कार्यक्रम गरिने बताईएको छ ।

आजबाट ‘‘मानव जीवनमा योग तथा दैनिक प्रयोग विधि’’ विषयमा योग तथा ध्यान प्रशिक्षक विन्दा आचार्य मार्फत अनलाईन प्रशिक्षण को कायक्रम छ । दूतावासले एक्लै बस्न मन पराउने तथा निराशाजनक कुराहरु धेरै गर्ने नेपालीले म्यासेजमा आफ्ना समस्या राख्न सक्ने र पिडितको गोपनियतालाई कायम राखेर परामर्श प्रदान गरिने कन्सुलर भट्टराईले बताईन ।

सो कार्यशालामा जोडिन चाहनेले दूतावास, एनआरएनए कोरिया वा यहाँ क्रियाशिल अन्य नेपाली संस्थासँग सम्पर्क राखेर जुम मार्फत जोडिन सक्ने बताईएको छ । उक्त कार्याशालाको दूतावास, एनआरएनए कोरिया र यहाँका अन्य संस्थाहका अफिशियल फेसबुक पेजमा लाईभ गरिने दूतावासले बताएको छ ।
 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु