सोमबार १५ मंसिर, २०७७ (Monday November 30, 2020)

पछिल्लो २४ घण्टामा ४ हजार ४७ जनालाई कोरोना संक्रमण पुष्टि 

सोमबार २६ आश्विन, २०७७ फिल्म ~ शाला टिभी 1315


पछिल्लो २४ घण्टामा ४ हजार ४७ जनालाई कोरोना संक्रमण पुष्टि 

असोज २६, काठमाडौं । कोरोना भाइरस (कोभिड(१९) बाट पछिल्लो २४ घण्टामा ४ हजार ४७ जनालाई संक्रमण पुष्टि भएको छ ।
उनीहरुमा देशभरका प्रयोगशालामा नमुना परीक्षण गर्दा संक्रमण पुष्टि भएको हो ।

नयाँ संक्रमितमध्ये २,२८३ जन काठमाडौं उपत्यकाका छन् । काठमाडौंका १,८८८, ललितपुरका २७७ र भक्तपुरका ११८ जना छन् ।

यसगरी कुल संक्रमितको संख्या १ लाख ११ हजार ८०२ पुगेको छ । उनीहरुमध्ये ६४५ जनाको मृत्यु भएको छ भने ७७ हजार २७७ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टमा मात्र १४७३ जना संक्रमणमुक्त भएका छन् ।

देशभर ३३ हजार ८८० संक्रिय संक्रमित छन् ।
 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु