सोमबार १५ मंसिर, २०७७ (Monday November 30, 2020)

घरभित्रै दशैँ मनाउनुस्, अनावश्यक हिँडडुल नगर्नुस् ः चितवन प्रशासन   

बुधबार २८ आश्विन, २०७७ फिल्म ~ शाला टिभी 1141


घरभित्रै दशैँ मनाउनुस्, अनावश्यक हिँडडुल नगर्नुस् ः चितवन प्रशासन   

असोज २८, चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले कोरोना सङ्क्रमण बढिरहेको भन्दैे जिल्लावासीलाई हामी नेपालीको महान चाड दशैँ, तिहार यस वर्ष घरभित्रै बसेर मनाउन अनुरोध गरेको छ । अनावश्यक हिँडडुल नगर्न, भेला जमघटका कार्यक्रममा सहभागी नहुन र स्वास्थ्यसम्बन्धी सुरक्षा मापदण्ड पूर्णरूपमा पालना गर्न प्रशासनले अनुरोध गरेको छ । 

जिल्लावासीलाई १४ बुँदे सुझाव दिइएको सहायक प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीद्वारा जारी सूचनामा उल्लेख गरिएको छ । जिल्लामा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या दुई हजार ७६४ नाघेको सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार ९७ पुगेको भन्दै अत्यन्तै सावधानी अपनाउन अनुरोध गरिएको छ ।

दशैँमा फूलपाती भित्राउने काम साङ्केतिकरूपमा गर्न, धर्म परम्परालाई निरन्तरता दिई नित्य पूजाअर्चना मात्र गर्न, जात्रा, मेला, खेलकूदका कार्यक्रम, तथा उत्सव नगर्न प्रशासनले अनुरोध गरेको छ ।

त्यसैगरी तिहारमा, देउसीभैलोलगायत कुनै पनि कार्यक्रम नगर्न सूचनामा अनुरोध गरिएको छ । यस्तै पटका, आतिसबाजीलगायत विष्फोटक वस्तु प्रयोग नगर्न, ध्वनि प्रदूषण, चन्दा सङ्कलन नगरी आपसी सद्भाव कायम गर्न सम्पूर्ण जिल्लावासीलाई अनुरोध गरिएको छ । 
 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु