सोमबार १५ मंसिर, २०७७ (Monday November 30, 2020)

नयाँ बजारको फलफूल चोकस्थित एक घरमा ग्यास सिलिण्डर बिस्फोट, ११ जना घाइते

बिहीबार २९ आश्विन, २०७७ फिल्म ~ शाला टिभी 1235


नयाँ बजारको फलफूल चोकस्थित एक घरमा ग्यास सिलिण्डर बिस्फोट, ११ जना घाइते

 

असोज २९, काठमाडौं । काठमाडौं महानगरपालिका–१६, नयाँ बजारको फलफूल चोकस्थित एक घरमा किरियापुत्री बसेको कोठामा ग्यास बाल्ने क्रममा ग्यास सिलिण्डर बिस्फोट भएको छ । 

निलकुमारी क्षेत्रको घरमा बिस्फोट भएको हो । ३३ वर्षका संकल्प क्षेत्रीका अनुसार सुरुमा भुइँ तलाको भ¥याङ छेउमा ग्यास बाल्ने क्रममा लिक भएर आगलागी भएको थियो । त्यहाँ अर्को सिलिण्डर पनि थियो र विस्फोट हुँदा ठूलो क्षति भएको हो ।

११ जना विस्फोटमा घाइते भएका छन् । उनीहरुमध्ये गम्भीर घाइते चार जनालाई मनमोहन अस्पताल लगिएको छ । विस्फोटले भित्ता भत्किएको र झ्यालका सीसा फुटेकोले धेरैलाई चोट लागेको बताइएको छ । 

विस्फोटबाट धेरै ठूलो क्षति भएकाले महानगरीय प्रहरी परिषद, काठमाडौंका प्रमुख एसएसपी श्याम ज्ञवाली आफैं घटनास्थलमा पुगेका छन् ।
 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु