सोमबार १५ मंसिर, २०७७ (Monday November 30, 2020)

वीर अस्पतालका कर्मचारी आन्दोलित 

आईतवार २ कार्तिक, २०७७ फिल्म ~ शाला टिभी 1118


वीर अस्पतालका कर्मचारी आन्दोलित 

कात्तिक २, काठमाडौं । वीर अस्पतालका कर्मचारीहरुले कोभिड–१९ को उपचारमा खटिएवापतको र दसैँभत्ता नपाएको भन्दै आन्दोलनमा उत्रेका छन् । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान(न्याम्स)का पदाधिकारी भएको कोठामा उनीहरुले ताल्चा लगाएका छन् । 

चिकित्सक, नर्स र अन्य कर्मचारी गरी डेढदेखि दुई सय जनाको सहभागीतामा उनीहरुले आन्दोलन गरेका छन् । आन्दोलनमा सहभागी एक डाक्टरले भने, ‘हाम्रो मागलाई सम्बोधन नै गर्नुभएन । कुरा गर्न पनि नचाहेपछि हामीले ताल्चा लगाइदिएका हौँ ।’ न्याम्सका पदाधिकारीहरुलाई  आन्दोलनकारीले ताल्चा लगाएपछि वाहिर निस्कन पाएका छैनन् ।

१५ दिनपहिले कोभिड– १९ संक्रमितको उपचारमा खटिएवापतको भत्ता, उपचारमा खटिने स्वास्थ्यकर्मीलाई उचित सुरक्षा सामग्री उपलब्ध गराउन लिखित रुपमा पत्र दिएको डाक्टरले बताए । 

फ्रण्टलाइनमा काम गर्ने वीरका कुनै पनि कर्मचारीले अहिलेसम्म कोभिड भत्ता पाएका छैनन् । उनले जानकारी दिए अनुसार १५ दिनसम्म पनि उक्त मागको सुनुवाइ नभएपछि आफुहरु आन्दोलनमा उत्रिएकोे बताए । 
 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु