सोमबार १५ मंसिर, २०७७ (Monday November 30, 2020)

‘नयाँ पाठ्यक्रम अनुसार कक्षा ११ मा पढाउनू’

मंगलवार ४ कार्तिक, २०७७ फिल्म ~ शाला टिभी 1113


‘नयाँ पाठ्यक्रम अनुसार कक्षा ११ मा पढाउनू’

कात्र्तिक ४, काठमाडौं । कक्षा ११ मा नयाँ पाठ्यक्रम अनुसार पढाउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निर्देशन दिएको छ । मन्त्रालयका उपसचिव विदुरराज गिरीले जानकारी दिए अनसार कतिपय विद्यालयले पुरानै पाठ्यक्रम अनुसार पढाएको गुनासो आएको हुनाले मन्त्रालयले निर्देशन जारी गर्नु परेको हो । 

‘कक्षा ११ सञ्चालन भएका सबै विद्यालयहरूले कक्षाको स्वीकृत नयाँ पाठ्यक्रम अनुसार मात्र पठनपाठन गर्न, गराउन तथा सोही अनुसार विद्यार्थीको मुल्यांकन गर्ने व्यवस्था गर्नसमेत सम्बन्धित सबै विद्यालयहरूलाई जानकारी गराइन्छ’, मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयले अभिभावक तथा विद्यार्थीलाई पनि नयाँ पाठ्यक्रम पढाइ हुने निश्चित भएपछि मात्रै भर्ना गर्न र गराउन अनुरोध गरेको छ । सम्बन्धित स्थानीय तहलाई पाठ्यक्रम लागु भए–नभएको अनुगमन गर्न भने जिम्मेवारी दिइएको छ ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु