सोमबार १५ मंसिर, २०७७ (Monday November 30, 2020)

देवी विसर्जनको ८ मिनेटमै टीका, बिहान १०ः१९ मा टीकाको साइत 

मंगलवार ४ कार्तिक, २०७७ फिल्म ~ शाला टिभी 1116


देवी विसर्जनको ८ मिनेटमै टीका, बिहान १०ः१९ मा टीकाको साइत 

कात्र्तिक ४, काठमाडौं । यो २०७७ सालमा नेपालीको महान चाड विजया दशमीमा टीका लगाउने शुभ साइत बिहान १० बजेर १९ मिनेटको लागि जुरेको छ ।

कात्र्तिक १० गते बिहान १० बजेर १९ मिनेटका लागि यस वर्ष टीकाको शुभ साइतलाई उत्तम मानेको गृह मन्त्रालयले जनाएको छ । यद्यपि उत्तम साइतपछि पूर्णिमाको दिनसम्म टीका लगाउन सकिने उल्लेख छ । 

पञ्चाङ्ग निर्णायक समितिले जनाए अनुसार यो वर्ष देवी विसर्जनको ८ मिनेटमै टीकाको साइत जुरेकोे छ । पञ्चाङ्ग निर्णायक समितिका सचिव सूर्य ढुंगेलले जानकारी दिए अनुसार यो वर्ष घटस्थापनाको दिन चित्रा नक्षत्र परेको हुँदा टीकामा त्यसको असर परेको छ । 

ढुंगेलले भने, ‘शास्त्रमा ‘वैदित्रो पुत्र नासस्य, चित्राया धन नाशनम्’ भनिएको छ । यसैको दोष निवारणको लागि देवी विसर्जनको ८ मिनेटमा नै टीकाको साइत जुराइएको हो ।’ 

अघिल्ला वर्षहरूमा देवी विसर्जन गरेको ३० देखि ४५ मिनेटपछि मात्रै टीकाको साइत जुराउने गरिएका थियो ।

त्यसैगरी यो वर्ष फूलपाती भित्र्याउनको लागि शुभ साइतको आवश्यकता पर्दैन । षष्ठीको दिन बेललाई निम्ता दिने र सप्तमीको दिन बिहान बेल टिपेर साँझमा बेल पूजा गर्ने विधान रहेको छ ।

त्यसैगरी, कात्तिक ७ गते फूलपातीको दिन बिहान ८ बजेर ५६ मिनेटमा तुलजा भवानीको यात्रा र बिहान १० बजेर १४ मिनेटमा स्थिरासन गर्ने समय तोकिएको छ ।

बिहान ८ बजेर ४७ मिनेटको लागि विजयादशमीको दिन तुलजा भवानीको यात्रा तोकिएको छ । बिहान १० बजेर ११ मिनेटको लागि देवी विसर्जनको साइत तोकेको छ ।
 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु