सोमबार ८ मंसिर, २०७७ (Monday November 23, 2020)

धान खेतमा फालिएको अवस्थामा जताततै स्मार्ट लाइसेन्स फेला पर्यो

बिहीबार १३ कार्तिक, २०७७ फिल्म ~ शाला टिभी 1210


धान खेतमा फालिएको अवस्थामा जताततै स्मार्ट लाइसेन्स फेला पर्यो

कार्तिक १३, जनकपुरधाम । स्मार्ट सवारी चालक अनुमति पत्र (लाइसेन्स)हरु धान खेतमा फालिएको अवस्थामा प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाममा फेला परेको छ । 

जनकपुर उपमहानगरपालिका–१४ स्थित यातायात कार्यालयदेखि झण्डै २ सय मिटर पश्चिमतर्फ रहेको खेतमा धान काट्न गएका महिलाहरूले यातायात व्यवस्था विभागबाट तयार भएर आएका लाइसेन्स फेला पारेका हुन् । उनीहरुले लाइसेन्सहरु संकलन गरेर यातायात कार्यालयमा बुझाएका छन् ।

धानखेतमा लाइसेन्स फेला परेको स्थान देखाउँदै एक महिला ।

‘बुधबार दिउँसो धान काट्न आउँदा खेतमा जताततै लाइसेन्स देख्यौं,’ एक महिलाले भनिन्, ‘ती सबै लाइसेन्स संकलन गरेर यातायातका कर्मचारीलाई दिएका छौं ।’

धान खेतमा यातायात कार्यालयमा राखिएको लाइसेन्स फेला परेपछि कार्यालयको सुरक्षामाथि प्रश्न उठेको छ । 

यातायात कार्यालय जनकपुरधामका अधिकृत विरेन्द्र साहले लाइसेन्स धान खेतमा फेला परेको स्विकार गर्दै ३ सय थान जति लाइसेन्स मात्रै भेटिएको बताए ।

कसैले गलत नियत राखेर लाइसेन्स फालेको हुन सक्ने बताउँदै उनले यसबारे जिल्ला प्रशासन कार्यालयलाई जानकारी गराइएको बताए ।

सेवाग्राहीले बताए अनुसार यातायात कार्यालय जनकपुरधाममा दलाल र बिचौलियाको सहज पहुँच छ । दलाल र बिचौलियाहरु लाइसेन्ससहितका कागजात बोकेर आफूखुसी ओहोरदोहोर गर्दै आए पनि यातायात कार्यालयका कर्मचारीहरु मुकदर्शक बन्ने गरेका छन् । 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु