सोमबार ८ मंसिर, २०७७ (Monday November 23, 2020)

फुटबलको प्रशिक्षण सुरु भयो, क्रिकेट को पालो कहिले ?

बिहीबार १३ कार्तिक, २०७७ फिल्म ~ शाला टिभी 1359


फुटबलको प्रशिक्षण सुरु भयो, क्रिकेट को पालो कहिले ?

कार्तिक १३, काठमाडौं । कोभिड–१९ का कारण सरकारले समूहमा खेलिने खेलको प्रशिक्षणमा रोक लगाएका कारण गत चैतदेखि फुटबल, क्रिकेट लगायत खेल गतिविधि ठप्प थियो । अहिले पनि सरकारले त्यो प्रतिबन्ध हटाएको छैन । तर बिहीबारबाट नेपाली राष्ट्रिय फुटबल टिमको प्रशिक्षण भने सुरु भएको छ ।  

तर बंगलादेशमा दुई हप्तापछि हुने मैत्रिपूर्ण खेलका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप) बाट अनुमति लिएर अखिल नेपाल फुटबल संघ (एन्फा) ले प्रशिक्षणको चाँजोपाँचो मिलाएको छ । बिहीबारदेखि मुख्य प्रशिक्षकको जिम्मेवारी पाएका बालगोपाल महर्जनले ३३ खेलाडीलाई समेटेर दशरथ रंगशालामा प्रशिक्षण थालेका हुन् । 

नेपाली राष्ट्रिय फुटबल टिमको प्रशिक्षण सुरु भएसँगै क्रिकेट टिमको के होला भन्ने चासो बढेको छ । तर तिहार–छठ अगाडि क्रिकेटको प्रशिक्षण सुरु हुने सम्भावना देखिएको छैन । नेपाल क्रिकेट संघ (क्यान) ले प्रशिक्षणका लागि राखेपमा अनुमति समेत नमागेको पाइएको छ ।

‘यसबारे चितवनमा बसेको बोर्ड बैठकमा छलफल भएको थियो । तर त्यहाँबाट फर्किएलगत्तै सचिव र म दुबैलाई कोरोना संक्रमण भयो । यो बीचमा दसैं पनि प¥यो’ क्यान अध्यक्ष चतुरबहादुर चन्द भन्छन्, ‘फुटबलले अनुमति पायो भने क्रिकेटले पनि पाइहाल्छ । अब हामी त्यसका लागि प्रक्रिया सुरु गर्छौं ।’

क्यान सचिव अशोकनाथ प्याकुरेल झण्डै दुई साता कोरोना संक्रमणका कारण अस्पताल बसेका थिए । केही दिनअघि स्वास्थ्यमा सुधार आएपछि उनी डिस्चार्ज भएका छन् । तर स्वासप्रश्वासमा अझै केही समस्या बाँकी नै भएकाले चिकित्सकले दुई साता ‘बेड रेस्ट’ गर्न भनेका छन् । 

दसैं अगाडि नै अध्यक्ष चन्द भने संक्रमणमुक्त भएर गृहजिल्ला बैतडी पुगेका छन् । उनका अनुसार अबको केही दिनमा भर्चुअल बैठक गर्न गृहकार्य भइरहेको छ । 

त्यसपछि प्रशिक्षणका लागि आवश्यक प्रक्रिया अगाडि बढाउने अध्यक्ष चन्दले बताए । स्रोतका अनुसार कतारले केही पहिले डिसेम्बरमा टी–२० म्याचका लागि प्रस्ताव गरेको थियो, जसमा ओमान र सिंगापुर पनि सहभागी हुने बताइएको छ । 

अध्यक्ष चन्दले बताए ओमान र सिंगापुर आउने भए मात्र नेपाल पनि सहभागी हुनेसक्ने आशयको इमेल लेखेको तर जवाफ भने आएको छैन । उनले अघि भने, ‘अब हामी आफैं त्यसको फलोअप गर्छौं ।’

आईसीसी क्रिकेट विश्वकप लिग टूको त्रिकोणात्मक सिरिजका लागि पनि नेपाली टोलीको प्रशिक्षण सुरु गर्न ढिलाइ भइसकेको छ । 

कोभिड–१९का कारण रोकिएको विश्व खेल गतिविधि सुचारु भइसकेको छ र सन् २०२१ को सुरुमा नै नेपालले त्रिकोणात्मक सिरिज आयोजना गर्नुपर्ने हुनसक्छ ।

तर अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले निलम्बन फुकुवा गर्न तोकेका शर्तहरू पूरा गर्न गर्नुपर्ने कामहरू समेत क्रिकेट संघले गर्न बाँकी नै छ । न खेलाडीहरुको प्रशिक्षणको टुंगो छ, न क्रिकेट संघले ठोस तयारी गर्न नै सकेको छ । 
 




मतहरू

ncjpdjfld

??????? ????????? ???? ???, ??????? ?? ???? ????? ? ancjpdjfld ncjpdjfld http://www.g873c2yfi8lj2mxfo6mwce1622854c48s.org/ [url=http://www.g873c2yfi8lj2mxfo6mwce1622854c48s.org/]uncjpdjfld[/url]

1200 Watt Microwave

1200 Watt Microwave

100% Cotton Bath Towel

100% Cotton Bath Towel

Hand Free Mop

Hand Free Mop

3m 9320 Mask Supplier

3m 9320 Mask Supplier

Avicel

Avicel

China Roller Bearing

Roller Bearing

Mobile Polishing Machine W/ Automatic Unload

Mobile Polishing Machine W/ Automatic Unload

8 Genuine Part Car Oil Filter - Filter

8 Genuine Part Car Oil Filter - Filter

Guangdong Meiyiguang New Material Co., Ltd.

Guangdong Meiyiguang New Material Co., Ltd.

Household Curtain

Household Curtain

Featured Products

Featured Products

Double Wall Espresso Cups Supplier

Double Wall Espresso Cups

Best Price Stretch Film

Best Price Stretch Film

3 Wheel Motorcycle

3 Wheel Motorcycle

Autoclave Sterilizer Supplier

Autoclave Sterilizer

ALP0608

ALP0608

Die Casting Mold

Die Casting Mold

24vac Electric Ball Valve

24vac Electric Ball Valve

Black Magnetic Gift Boxes

Black Magnetic Gift Boxes

Bags Women Handbags Tote

Bags Women Handbags Tote

3 in 1 knife sharpener

3 in 1 knife sharpener

China Aluminum Door

China Aluminum Door


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु