सोमबार ८ मंसिर, २०७७ (Monday November 23, 2020)

‘छ माया छपक्कै’ युटुबमा पाइरेसी भयो 

आईतवार १६ कार्तिक, २०७७ फिल्म ~ शाला टिभी 1249


‘छ माया छपक्कै’ युटुबमा पाइरेसी भयो 

कार्तिक १६, काठमाडौं । ‘छ माया छपक्कै’ गतबर्षको सुपरहिट चलचित्र युटुबमा पाइरेसी भएको छ । यो चलचित्रलाई युटुबमा १ सय भन्दा बढी पटक हेरिएको छ । शनिबार कपिराइट सङअल नामक च्यानलबाट यो चलचित्र अपलोड गरिएको छ । 

गतबर्ष चलचित्र हलमा रिलिज भएको थियो भने ‘चलचित्र एप’मा पनि यो चलचित्र रिलिज भएको छ । त्यसैगरी चलचित्रलाई डीस होममा पनि रिलिज गरिएको छ ।

आमा अग्नी कुमारीसँग यो चलचित्रको युटुब राइट्स छ । चलचित्रको पाइरेसी गर्ने व्यक्तिको खोजी भैरहेको र कानुनी कारवाही गरिने निर्माता रोहित अधिकारीले बताए । उनले
प्रहरीमा उजुरी गर्ने समेत जनाएका छन् । चलचित्र एपबाट यो चलचित्र डाउनलोड गरेर युटुबमा अपलोड गरिएको हुनसक्ने आशंका निर्माता रोहित अधिकारीले व्यक्त गरे ।

दिपेन्द्र लामाको निर्देशनमा तयार भएको चलचित्र ‘छ माया छपक्कै’मा केदार घिमिरे, दिपकराज गिरी, जितु नेपाल, केकी अधिकारी लगायतका कलाकारको मुख्य भूमिका छ । ‘चलचित्र एप’ र आमा अग्नी कुमारीलाई युटुबमा पाइरेसी हुँदा बढी घाटा हुने देखिएको छ ।
 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु