सोमबार ८ मंसिर, २०७७ (Monday November 23, 2020)

चर्चित हाँस्य सिरियल ‘सक्किगोनी’ अब हिमालय टेलिभिजनबाट प्रशारण  

मंगलवार १८ कार्तिक, २०७७ फिल्म ~ शाला टिभी 1100


चर्चित हाँस्य सिरियल ‘सक्किगोनी’ अब हिमालय टेलिभिजनबाट प्रशारण  

कार्तिक १८, काठमाडौं । लामो समयदेखि नेपाल टेलिभिजनबाट प्रशारणहुँदै आएको चर्चित हाँस्य सिरियल ‘सक्किगोनी’ अब मंसिर २० गतेबाट हिमालय टेलिभिजनबाट प्रशारण हुने भएको छ । 

कोभिड–१९ का कारण निम्तिएको लकडाउनले गर्दा केही महिनादेखि प्रशारण हुन नसकेको अर्जुन घिमिरे र कुमार कट्टेलको कथा, पटकथा, संवाद र निर्देशनमा प्रशारण हुँदै आएको यो सिरियल अब भने मंसिर २० गतेबाट नयाँ भाग छायांकन गरेर प्रशारण गर्ने तयारी गरिएको श्रृङ्खलाका सिरिज निर्देशक दिपकप्रसाद आचार्यले जानकारी दिए । 

‘हामी अब हिमालय टेलिभिजनबाट सिरियल प्रशारणको तयारीमा छौँ । युटुब भने ओएसआरबाट नै अपलोड हुन्छ’ भनेर उनले बताए । 

नेपाल टेलिभिजनबाट प्रशारण हुने सिरियलको बिषयमा टेलिभिजनले कहिले पनि चासो नदिएको र सर्जकसँग कुराकानी गर्ने शैलीको विकास पनि नभएको भन्दै उनले गुनासो व्यक्त गरे ।
 ‘सक्किगोनी’मा कुमार कट्टेल, अर्जुन घिमिरे, शंकर आचार्य, सीपी पुडासैनी, कमलमणी नेपाल, दिपक आचार्य, सागर लम्साल, रक्षा श्रेष्ठ, हरि निरौला लगायतका कलाकारले अभिनय गरेका छन् ।

लामो समयसम्म ‘भद्रगोल’ नामबाट प्रशारण हुँदै आएको सिरियल पछि विज्ञापन एजेन्सीको विवादपछि ‘सक्किगोनी’ नामबाट प्रशारण हुन थालेको थियो ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु