सोमबार ८ मंसिर, २०७७ (Monday November 23, 2020)

सरकारी प्रयोगशालामा घट्यो कोरोना परीक्षण

बुधबार १९ कार्तिक, २०७७ फिल्म ~ शाला टिभी 1275


सरकारी प्रयोगशालामा घट्यो कोरोना परीक्षण

कार्तिक १९, काठमाडौँ — कोभिड–१९ परीक्षणका लागी शुल्क लाग्ने नियम सरकारले तोकेपछि सरकारी अस्पतालका प्रयोगशालामा पीसीआर परीक्षण घट्दै गएको छ । आठ महिनायता सर्वसाधारणले सरकारी अस्पतालबाट निःशुल्क परीक्षण र उपचार पाउँदै आएकामा कार्तिक २ बाट सरकारले यो सेवा कटौती गरेको थियो ।

सरकारको यस्तो निर्णयपछि संक्रमितको सम्पर्कमा आएका र सम्भावित संक्रमितले परीक्षण गर्नै छाडेका छन् ।

उपत्यकाका सरकारी अस्पतालको प्रयोगशालामा सात दिनयता भएको परीक्षणको तथ्यांक हेर्दा क्रमिक रूपमा घट्दै गइरहेको देखिन्छ । कार्तिक ७ मा टेकुस्थित सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा ९ सय ३८ नमुनाको स्वाब परीक्षण भएको थियो । यो संख्या क्रमिक रूपमा घट्दै कार्तिक १७ मा आइपुग्दा १ सय ५८ मात्रै रहेको अस्पतालले जनाएको छ । परीक्षण गर्नका लागि सयौं मानिसको भीड लाग्ने यो अस्पताल परिसर हिजोआज सुनसान छ ।

पीसीआर परीक्षण गर्दै आएका पाटन अस्पताल, प्रसूति गृह, त्रिवि शिक्षण, वीर, प्रहरी र सशस्त्र प्रहरी अस्पतालमा पनि पहिलेजस्तो पीसीआरका लागि भीड छैन । धेरैजसो सेवाग्राहीहरुका अनुसार शुल्कै तिर्नुपरेपछि सहजै परीक्षण हुन्छ भन्दै निजी अस्पतालको प्रयोगशाला पुग्ने गरेका छन् । परीक्षणको तथ्यांक अनुसार पनि सरकारीभन्दा निजी प्रयोगशालामा धेरै पीसीआर भएको देखिन्छ ।

सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले बताए अनुसार अहिले संक्रमण दर धेरै मात्रामा बढेकाले कुनै पनि बहानामा परीक्षणको दायरा घट्नु जनस्वास्थ्यका लागि ठूलो चुनौती हो । ‘परीक्षण खुम्चिँदा यसले समुदायमा संक्रमणदर त अझै तीव्र बनाउँछ नै मृत्युदर पनि बढ्छ । दुई सातायताको तथ्यांक केलाउँदा मृत्युदर धेरै बढिसक्यो,’ उनले भने, ‘कन्ट्याक्ट ट्रेसिङमा परेका सबैको परीक्षण गर्ने र आइसोलेट गर्ने अभ्यासलाई निरन्तरता नदिने हो भने कोरोना संक्रमणकाल धेरै लम्बिन्छ ।’

पहिले सरकारी अस्पतालमा पीसीआर निःशुल्क हुँदा एउटै व्यक्तिले पाँच पटकसम्म सेवा लिने गर्थे भने अहिले शुल्क लिन थालिएपछि यस्तो ‘दुरुपयोग’ को अन्त्य भए पनि संक्रमित पहिचान नहुने र अन्ततः यसले जोखिम नै बढाउने डा. पुनको भनाइ छ । 

अहिले परीक्षण शुल्क लिन थालेपछि परीक्षण थोरै तर संक्रमणदर धेरै भएकाले समुदायमा संक्रमण तीव्र भएको संकेत दिइरहेको जनस्वास्थ्यविद् डा. शरद वन्तले बताए । संक्रमण नघट्दै परीक्षण, आइसोलेसन र क्वारेन्टिन अभ्यास रोक्दा यसले भोलि नियन्त्रण नै गर्न नसक्ने खालको महामारीको रूप लिन सक्ने उनले चेतावनी दिए ।

आर्थिक अभावको बहानामा सरकारले परीक्षणदर घटाउन नहुने र यस्तो नीति तुरुन्तै बदल्न उनले आग्रहसमेत गरे ।

‘अहिले परीक्षणको अवस्था हेर्दा संक्रमणदर २० प्रतिशतभन्दा बढी देखिन्छ, जुन हामीले अड्कल गरेभन्दा निकै धेरै हो,’ उनले भने, ‘यसको मलतब परीक्षण गर्न पुगेको छैन भन्नु नै हो । परीक्षणको दर समयभन्दा पहिले नै खुम्च्याइएको छ, यसले जोखिमबाहेक केही निम्त्याउँदैन ।’ 
 




मतहरू

frqjnpxcvm

?????? ???????????? ????? ?????? ??????? afrqjnpxcvm [url=http://www.gxqo5i1c8m8u61r50nc62v8o3264wt5ss.org/]ufrqjnpxcvm[/url] frqjnpxcvm http://www.gxqo5i1c8m8u61r50nc62v8o3264wt5ss.org/

Medical Pressure Factory

Medical Pressure Factory

Fast Yellow

Fast Yellow

Ceramic Saw Blade Supplier

Ceramic Saw Blade Supplier

Diesel Generator 25kw

Diesel Generator 25kw

China Copper Cable Gland

Copper Cable Gland Supplier

Other Trade Products

Other Trade Products

48619-28010

48619-28010

800a Outdoor Circuit Recloser

China 800a Outdoor Circuit Recloser

Analog Saw Filtered Modulator

Analog Saw Filtered Modulator


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु