सोमबार ८ मंसिर, २०७७ (Monday November 23, 2020)

म राजीनामा दिने वाला छैन : प्रधानमन्त्री ओली

बुधबार १९ कार्तिक, २०७७ फिल्म ~ शाला टिभी 1086


म राजीनामा दिने वाला छैन : प्रधानमन्त्री ओली

कार्तिक १९, काठमाडौं । आफूले पदबाट राजीनामा नदिने प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् । अहिले यस्तो स्थितिमा आफूले राजीनामा दिनु भनेको देशलाई बर्बादीतिर लैजानु सरह भएको उनले बताए ।                      

मनमोहन सेन्टर एनेक्सको भवनको उद्घाटन कार्यक्रममा बुधबार प्रधानमन्त्री ओलीले बेलाबेला आफूले राजीनामा दिन लागेको भनेर हल्ला हुने गरेको बताए ।

उनले भने, ‘के अहिले मैले राजीनामा दिन मिल्छ ? उनले  मैले राजीनामा दिनु भनेको देशलाई बर्बादीतिर जान दिनु हो । त्यसकारण म राजीनामा दिने वाला छैन ।’

उनले भने, ‘म यहाँ आएको जालझेल र तिक्डमबाट होइन, जनताको आवश्यकता र व्यापक समर्थनबाट हो । तपाईंहरु ढुक्कले काममा लाग्नुस् ।’ केहीले अविश्वासको प्रस्तावको तयारी गर्दैछन् भन्ने सुनेको, तर त्यसले केही फरक नपर्ने उनले बताए । 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु