सोमबार ८ मंसिर, २०७७ (Monday November 23, 2020)

नेप्से परिसूचक ओरालिँदा पनि कारोबार रकम उचालियो

बिहीबार २० कार्तिक, २०७७ फिल्म ~ शाला टिभी 1079


नेप्से परिसूचक ओरालिँदा पनि कारोबार रकम उचालियो

कार्तिक २०, काठमाडौं । ३ अंक माथिले बुधबार ओरालो लागेर बन्द भएको सेयर बजार बिहिबार पनि उकालो लाग्न सकेन । बिहिबार सेयर कारोबार मापक नेप्से परिसूचक ४.४७ अंकले ओरालो लागेर १ हजार ६ सय ३६ दशमलव १७ अंकमा पुगेको छ । 

‘क’ वर्गका कम्प्नीहरुको कारोबार मापक गर्ने सेन्सेटिभ इन्डेक्स २ दशमलव १४ अंकले घटेर ३२४ दशमलव ३६ अंकमा झरेको छ । तर, नेप्से परिसूचक घटे पनि कारोबार रकममा भने उचालिएको छ ।
१ अर्ब ७५ करोड रुपैयाँको कारोबार बुधबार भएको थियो भने करिब ३ अर्ब रुपैयाँको कारोबार बिहिबार भएको छ । ३५ हजार ३ सय ३५ कारोबारबाट २ सय कम्पनीका ९१ लाख २३ हजार ८ सय ९६ कित्ता सेयर दिनभरमा किनबेच भएका छन् ।

जसमध्ये २ अर्ब ८४ करोड २४ लाख ६९ हजार १ सय ७७ रुपैयाँ कारोबार रकम भएको छ ।
 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु