सोमबार ८ मंसिर, २०७७ (Monday November 23, 2020)

प्रधानमन्त्री र भारतीय सेनाध्यक्षबीच भेटवार्ता

शुक्रबार २१ कार्तिक, २०७७ फिल्म ~ शाला टिभी 1206


प्रधानमन्त्री र भारतीय सेनाध्यक्षबीच भेटवार्ता

कार्तिक २१, काठमाडौं । भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणे र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । 

नेपाल भ्रमणका लागि आएका नरवणे शुक्रबार स्वदेश फर्किनुअघि प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका हुन् । त्यस भेटमा प्रधानमन्त्रीसँगै परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेल र उनका विदेश मामिला सल्लाहकार राजन भट्टराई पनि सहभागी छन् । त्यसैगरी नेपालस्थित भारतीय राजदूत विनयमोहन क्वात्रा पनि नरवणेसँगै सहभागी छन् ।

प्रधानमन्त्री ओलीले भेटका क्रममा नेपाल र भारतका बीचमा सदिऔं पुरानो विशिष्ट सम्बन्ध रहेको बताएका छन् । आलीले दुई देशका सेनाप्रमुखहरुलाई मानार्थ महारथीको दर्जा दिने परम्परा रहेको पनि स्मरण गरे ।

प्रधानमन्त्रीले नेपाल र भारतबीच असल मित्रता रहेको र कतिपय विषयमा दुई देशबीच रहेका समस्या संवाद मार्फत् समाधान हुने विश्वास प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार भट्टराईले व्यक्त गरे ।

भारतीय सेनाध्यक्ष नरवणेले तीन दिने नेपाल भ्रमणका क्रममा बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेका थिए ।
 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु