सोमबार ८ मंसिर, २०७७ (Monday November 23, 2020)

झिलिमिली बत्तीको व्यापारमा गिरावट

मंगलवार २५ कार्तिक, २०७७ फिल्म ~ शाला टिभी 1056


झिलिमिली बत्तीको व्यापारमा गिरावट

कार्तिक २५, काठमाडौं । नेपालीको दोस्रो महान चाड तिहारमा झिलिमिली बत्तीको निकै धेरै प्रयोग हुन्थ्यो । तर यस वर्ष भने कोरोना संक्रमणको कारण तिहारको किनमेलमा उपभोक्ताको उत्साह नदेखिँदा बजारमा ७० प्रतिशतले गिरावट आएको व्यवसायीहरुले बताएका छन् । 

विगतका वर्षहरुमा २५ देखि ३० करोड रुपैयाँ बराबरको झिलिमिली बत्तीको कारोबार हुने गरेकोमा यस वर्ष भने बिक्रिमा गिरावट आएको विद्युतीय व्यवसायी महासंघका अध्यक्ष सुदर्शन पौडेलले बताए । 

महासंघमा आबद्ध व्यवसायीले दिएको जानकारीअनुसार अहिलेसम्म १५ देखि १८ करोड रुपैयाँ बराबरको मात्रै झिलिमिली बत्ती आयात भएको छ, जुन अघिल्लो वर्षहरुको आयातको तुलनामा झण्डै ३५ करोडले कम हो । 


 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु