सोमबार ८ मंसिर, २०७७ (Monday November 23, 2020)

भारतसँगको नाका खुलाउन माग गर्दै प्रदर्शन

बिहीबार २७ कार्तिक, २०७७ फिल्म ~ शाला टिभी 1169


भारतसँगको नाका खुलाउन माग गर्दै प्रदर्शन

कार्तिक २७, रौतहट । लामो समयदेखि कोभिड–१९का कारण बन्द रहेको नेपाल–भारत सीमा नाका सञ्चालन गर्न माग गर्दै रौतहटको गौरमा स्थानीयले प्रदर्शन गरेका छन् ।

अहिले चाडपर्वको समयमा पनि सामानहरु किनमेल गर्न भारतीय बजारसम्म जान नपाएको प्रदर्शनकारीले बताएका छन् । 

‘सीमाक्षेत्रका बजारमा दुवै देशका नागरिकले किनमेल गर्छन्, तर लामो समयसम्म नाका बन्द भएको हुँदा चाडबाडका बेला आवश्यक सामग्रीको अभाव भएको छ’ गौरका जगरनाथ साहले भने ‘नेपाल भारत दुवैतर्फका वासिन्दालाई समस्या छ । तर सम्बन्धित निकायले चासो दिएको छैन ।’

स्थानीयको प्रर्दशनपछि बिहीबार सशस्त्र प्रहरी बल ११ नं गणका गणपति एसपी सूर्यबहादुर सेन ओलीले नाका खुलाउने विषयमा जिल्ला प्रशासन कार्यालयले पहल गर्ने भरोसा दिएका छन् ।
 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु