सोमबार ८ मंसिर, २०७७ (Monday November 23, 2020)

वडा कार्यालयमा सम्पर्क गरे, बेरोजगारीलाई रोजगारी दिईने : काठमाडौं महानगरपालिका

शुक्रबार २८ कार्तिक, २०७७ फिल्म ~ शाला टिभी 1307


वडा कार्यालयमा सम्पर्क गरे, बेरोजगारीलाई रोजगारी दिईने : काठमाडौं महानगरपालिका

कार्तिक २८, काठमाडौं । कोभिड–१९ का कारण आफ्नो रोजगार गुमाएका महानगरवासीलाई जीवन निर्वाहका लागि पारिश्रमिक कार्यविधि, २०७७ बमोजिम रोजगारी उपलब्ध गराइने भन्दै आफू बसोबास गरेको क्षेत्रको वडा कार्यालयमा सम्पर्क राख्न काठमाडौं महानगरपालिकाले आग्रह गरेको छ ।

त्यसैगरी अशक्त र असहायले नजिकका वडा कार्यालयमा वा सीधै मानव सेवा आश्रममा सम्पर्क गरी खान, बस्न र स्वास्थ्य उपचारका लागि व्यवस्था मिलाइएको महानगरपालिकाले जनाएको छ । 

यसअघि काठमाडौंको खुलामञ्चमा केही संस्थाहरुले असहाय र अशक्त व्यक्तिहरुका लागि खाना खुवाउने काम गर्दै आएका थिए । संक्रमणको सम्भावना, स्वास्थ्य जोखिम,  सामाजिक प्रतिष्ठा तथा मानव अधिकारको संरक्षण गर्ने भन्दै महानगरपालिकाले आगामी मंसिर २ गतेदेखि सार्वजनिक स्थलमा खाना खुवाउन नदिने भएको छ । 

काठमाडौं महानगरपालिकाले प्रकाशित गरेको सूचनाः 

 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु