सोमबार ८ मंसिर, २०७७ (Monday November 23, 2020)

लकडाउनबारे नसोचौं : वायुसेवा सञ्चालक संघ

शुक्रबार २८ कार्तिक, २०७७ फिल्म ~ शाला टिभी 1175


लकडाउनबारे नसोचौं : वायुसेवा सञ्चालक संघ

कार्तिक २८, काठमाडौं । उपत्यका मेयर फोरमले तिहार र छठ पर्वपछि काठमाडौं उपत्यकामा लकडाउन गर्न दिएको सुझावप्रति वायुसेवा सञ्चालकहरुले आपत्ति जनाएका छन् ।

कोभिड–१९ पहिलोपल्ट नेपालमा भित्रिने चरणमा नै ६ महिना भन्दा लामो लकडाउन र प्रतिवन्ध भएको थियो ।  त्यस लकडाउनका कारणले अहिले अर्थतन्त्र धरासायी भएको अवस्थामा फेरी बन्दाबन्दीलाई थप्दा मुलुकले थेग्न सक्दैन र लकडाउन मात्र कोरोना नियन्त्रणको उपाय नभएको समेत स्पष्ट पार्दै वायुसेवा सञ्चालक संघ नेपाल (आयोन)ले लकडाउनप्रति पूर्ण असहमति जनाएको हो ।

१ मंसिरबाट सरकारले सबै प्रकारका पर्यटकीय गतिविधि सुरु गर्ने निर्णय गरेको छ । यसले होटेल, पर्यटन, र हवाई व्यवसायीलाई आशावादी बनाएको भन्दै आयोनले होलिडे प्याकेज तथा ट्रेकिङको बुकिङ समेत आउन सुरु भइसकेको जनाएको छ । 

तर स्वास्थ्य सुरक्षाका मापदण्ड पालना नगर्नेलाई कारवाहीको दायरामा ल्याउन हवाई व्यवसायीले माग गरेका छन् ।


 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु