सोमबार ८ मंसिर, २०७७ (Monday November 23, 2020)

लकडाउन यतामात्रै कालोसूचीमा पर्नेको संख्या २ हजार ७८ 

मंगलवार २ मंसिर, २०७७ फिल्म ~ शाला टिभी 1185


लकडाउन यतामात्रै कालोसूचीमा पर्नेको संख्या २ हजार ७८ 

मंसिर २, काठमाडौं । बैंक तथा वित्तीय क्षेत्रहरुको आग्रहमा कर्जा सूचना केन्द्र (सीआईबी) ले कात्तिक महिनामा मात्रै करिब चार सय व्यक्ति तथा फर्महरुलाई कालोसूचीमा राखेको हो । 

लकडाउन यतामात्रै कालोसूचीमा पर्नेको संख्या २ हजार ७८ पुगेको सीआईबीले जानकारी दिएको छ । बैंक तथा वित्तीय संस्थाको आग्रहमा सीआईबीले लकडाउनयता उनीहरुलाई कालोसूचीमा राखेको हो ।

कार्तिक महिनामामात्रै ३ सय ८८ व्यक्ति फर्म कम्पनीहरु कालोसूचीमा परेको सीआईबीले बताएको छ । ऋण लिएर भुक्तानी नगर्ने तथा चेक अनादर (बाउन्स) गर्नेहरुलाई पनि सीआईबीले बैंक तथा वित्तीय संस्थाहरुको आग्रहमा कालोसूचीमा राख्ने गरेको छ । 

२ गते अरनिको ट्रेडिङ कम्पनी र श्री राम्चेदेवी बचत तथा ऋण सहकारी संस्थालाई सीआईबीले कालोसूचीमा राखिएको जनाएको छ । सीआईबीका अनुसार लकडाउन यतामात्रै कालोसूचीमा पर्नेको संख्या २ हजार ७८ पुगेको छ । 

हालसम्म ५ वटा सहकारी संस्था कालोसूचीमा परेको केन्द्रले बताएको छ । २०६० साल पुस २८ गते शैक्षिक संस्था सहकारी संस्था कालोसूचीमा परेको थियो ।

त्यसैगरी ७ कार्तिक २०७० मा महिला जनउत्थान दुग्ध सहकारी संस्था, २५ फागुन २०७१ मा सिटी बचत तथा ऋण सहकारी संस्था, ३० चैत २०७३ मा राधाकृष्ण दुग्ध उत्पादक सहकारी संस्था र ६ जेठ २०७६ मा रानीवन कृषि सहकारी संस्था कालोसूचीमा परेका थिए । योसँगै सीआईबीको कालोसूचीमा पर्ने सहकारी संस्थाहरुको संख्या ५ पुगेको छ ।

केन्द्रका अनुसार आव ०७४ र ७५ मा १ हजार ३१३ वटा कम्पनी र तिनका सञ्चालक कालोसूचीमा परेकामा ०७५ र ७६ मा ६९२ जना मात्र परेका थिए । त्यसयता यो सूची लम्बिदो अवस्थामा छ ।

चैतमा २४५ जना कालोसूचीमा परका थिए । वैशाखमा ९४ जना व्यक्ति तथा फर्म कालोसूचीमा परे । जेठमा १५१ र असारमा ३१८ जना कासूचीमा परेको सीआईबीले बताएको छ । 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु