सोमबार ८ मंसिर, २०७७ (Monday November 23, 2020)

राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगे प्रधानमन्त्री ओली 

बुधबार ३ मंसिर, २०७७ फिल्म ~ शाला टिभी 1155


राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगे प्रधानमन्त्री ओली 

मंसिर ३, काठमाडौं । प्रधानमन्त्री एवम् सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओली  राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका हुन् । 

प्रधानमन्त्री ओलीले दिउँसो एक बजे मन्त्रिपरिषद् बैठक बोलाएका थिए । तर ओलीले अहिले मन्त्रिपरिषद् बैठक एक घण्टा पर सारेका छन् । 

प्रधानमन्त्री आलीले सचिवालय बैठक बोलाइएकै समयमा  मन्त्रिपरिषद् बैठक पनि बोलाएका थिए । तर ओलीले मन्त्रिपरिषद् एक घण्टा स्थगित गरेको हुनाले सचिवालय बैठक बस्ने सम्भावना भने देखिएको छ ।

सचिवालय बैठक बालुवाटारमा दिउँसो एक बजे नै बस्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् । राष्ट्रपति भण्डारीले ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)सँग हिजो मात्रै भेटवार्ता गरेकी थिइन् । नेकपाको विवाद चर्किएको समयमा राष्ट्रपति भण्डारी सक्रिय देखिएकी छिन् ।
 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु