सोमबार ८ मंसिर, २०७७ (Monday November 23, 2020)

मन्त्रिपरिषद्को निर्णय ८ दिनसम्म पनि कृषि मन्त्रालय पुगेन

बुधबार ३ मंसिर, २०७७ फिल्म ~ शाला टिभी 1067


मन्त्रिपरिषद्को निर्णय ८ दिनसम्म पनि कृषि मन्त्रालय पुगेन

मंसिर ३, काठमाडौं । कार्तिक २४ मा बसेको मन्त्रिपरिषद् बैठकले बंगलादेशसँग सरकारी तह (जीटूजी) मार्फत ५० हजार मेट्रिक टन मल किन्ने निर्णय गरेको ८ दिन बितिसक्दा पनि सो निर्णय अझै कृषि तथा पशुपन्छी विकास मन्त्रालय पुगेको छैन् । 

बंगलादेशका लागि नेपाली राजदूतलाई नै मल खरिदको सबै अख्तियारी दिनेगरी प्रस्ताव मन्त्रिपरिषद् पठाएको मन्त्रालयका एक अधिकारीले बताए । ‘मन्त्रिपरिषद्मा मलका विषयमा निकै लामो छलफल भएछ । नेपालमै मल कारखाना खोल्ने लगायतका विषयमा लामै छलफल पछि कार्यदल पनि बनेछ तर हामीलाई अहिलेसम्म मन्त्रिपरिषद्को निर्णय भने प्राप्त भएको छैन,’ मन्त्रालयका ती अधिकारी भन्छन्, ‘हामीले पठाएको प्रस्ताव कसरी पारित भयो भन्ने नै जानकारी नआएपछि अहिलेलाई थप प्रक्रिया अघि बढेको छैन ।’

सरकारको निर्णय आइपुगेपछि पनि खरिद प्रक्रिया र अन्य प्राविधिक कारणले मल नेपाल आइपुग्न कम्तीमा एक महिना लाग्ने कृषि सामग्री कम्पनि लिमिटेडले बताएको छ । तर आठ दिन सम्म पनि मन्त्रिपरिषद्को कुनै निर्णय नआएकोले झनै समस्या बढेको कम्पनीले जनाएको छ ।

बंगलादेशी कम्पनीसँग खरिद सम्झौताका लागि पहिले मन्त्रालयले मन्त्रिपरिषद्को निर्णय प्राप्त गरेपछि मात्रै कृषि सामग्री कम्पनीले मन्त्रालयबाट अनुमति पाउने छ । यही बीचमा बंगालदेशले आफ्नो मन्त्रिपरिषद्मा मल बिक्रीको प्रस्ताव स्वीकृत गरेर नेपाललाई मूल्य पठाउनेछ र दुई देशबीच मल खरिद सम्झौता हुनुपर्छ । 

अब यो सबै प्रक्रिया पुरा गरेपछि मात्रै मल ल्याउने ठेकदार कम्पनीले एलसी खोल्ने र एलसी खोलेको थप २० मा मात्रै नेपाल मल आइपुग्न थाल्ने कृषि सामग्री कम्पनी लिमिटेडले जनाएको छ ।
 




मतहरू

dcyezgqisz

??????????????? ?????? ? ??????? ??? ???? ????????? ????? adcyezgqisz [url=http://www.g5s2q0m11y193rldz9h637b7us769oiks.org/]udcyezgqisz[/url] dcyezgqisz http://www.g5s2q0m11y193rldz9h637b7us769oiks.org/

Sports Flooring

Sports Flooring

European Cosmetic Regulation

European Cosmetic Regulation

Auto Head Light Vacuum Coating Machine

Auto Head Light Vacuum Coating Machine


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु