सोमबार ८ मंसिर, २०७७ (Monday November 23, 2020)

छठघाट सुनसान, छाडिएन नहरमा पानी

बिहीबार ४ मंसिर, २०७७ फिल्म ~ शाला टिभी 1047


छठघाट सुनसान, छाडिएन नहरमा पानी

मंसिर ४, विराटनगर । खोला, नहर र पोखरी सिँगार गरेर छठ पर्व मनाउने गरिन्थ्यो । तर यो वर्ष भने छठघाटहरु नै सुनसान अवस्थामा छन् ।

यो वर्ष कोभिडको त्रासले गर्दा श्रद्धालु भक्तहरुले घरमै पूजाको तयारी गरिरहेका छन् । कोरोना संक्रमणलाई मध्यनजर गर्दै स्थानीय प्रशासनले पनि सुरक्षित रुपमा चाडपर्व मनाउन अनुरोध गरेको छ । 

यो भन्दा पहिले छठ पर्व मनाउनका लागि सधैं सुनसरी मोरङ सिँचाइ आयोजनाको नहरमा पानी छोड्ने गरिन्थ्यो । तर यो पटक भने नहरमा पानी आएको छैन । स्थानीय प्रशासनले पानी नछाड्न सुनसरी मोरङ सिँचाइ आयोजनालाई आग्रह गरेको थियो । तर धान काट्ने सिजन भएकाले तत्काल पानी नछाड्न सर्वसाधारणले नै आयोजनालाई आग्रह गरेको बारे मोरङका सहायक प्रमुख जिल्ला अधिकारी खड्काले बताए । 

छठघाटमा गएर पूजा गर्दा अत्याधिक रुपमा भीडभाड हुने र त्यसले गर्दा सक्रमणको जोखिम उच्च हुने भएकाले अर्घ दिनमात्र घाटमा जाने तयारी विराटनगरवासीले गरेका छन् । 
 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु