सोमबार ८ मंसिर, २०७७ (Monday November 23, 2020)

आज छठ पर्व अस्ताउँदो सूर्यलाई अर्घ दिई मनाइँदै

शुक्रबार ५ मंसिर, २०७७ फिल्म ~ शाला टिभी 1060


आज छठ पर्व अस्ताउँदो सूर्यलाई अर्घ दिई मनाइँदै

मंसिर ५, काठमाडौं । कार्तिक शुक्ल षष्ठीका दिन मनाइने छठ पर्वको मुख्य दिन शुक्रबार साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिइँदैछ र भोलि उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ पर्व सम्पन्न हुनेछ ।

कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व बुधबारदेखि शुरु भएको थियो । 

सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूयाले छठ व्रत गरेकी थिइन् भनेर सूर्य पुराण अनुसार बताईएको छ । त्यस व्रत गरे बापत उनले वर्दान स्वरुप अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन् । त्यही बेलादेखि ‘छठ पर्व’ मनाउने परम्पराको शुरुआत भएको तथ्य सूर्य पुराणमा उल्लेख गरेको छ ।

दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ भन्ने विश्वासले छठ पर्व मनाइन्छ । यो पूजामा झुप्पा–झुप्पा फलहरू सूर्य देवतालाई अर्पण गर्दा सूर्य देव प्रसन्न भई व्रतालुका कुटुम्बसहित सबै सन्तानको भलो हुन्छ भन्ने मान्यता पाइन्छ । यस पर्वमा जो व्रत बस्न सक्दैन उसले अर्को व्रत गर्नेबाट व्रत गराउने गर्छन् । आर्थिक अभाव भएका मानिसहरु भिक्षा मागेरै भए पनि पर्व मनाउने गर्छन् । 


 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु