सोमबार ८ मंसिर, २०७७ (Monday November 23, 2020)

पार्टीलाई एक ढिक्का राख्न मन्त्री पद छोड्न तयार : पर्यटनमन्त्री भट्टराई

शुक्रबार ५ मंसिर, २०७७ फिल्म ~ शाला टिभी 1044


पार्टीलाई एक ढिक्का राख्न मन्त्री पद छोड्न तयार : पर्यटनमन्त्री भट्टराई

मंसिर ५, वीरगञ्ज । पार्टीलाई एक जुट बनाएर राख्नको निमित्त आफू मन्त्री पद छाड्न तयार रहेको सँस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले बताएका छन् । 

नेकपा पर्साको पार्टी कार्यालय वीरगञ्जमा नेता कार्यकर्ताहरुसँगको भेटमा उनले सरकार पुनर्गठन गर्दा पार्टीभित्रको विवाद अन्त्य हुने अवस्था आए राजीनामा दिन तयार रहेको बताएका हुन् ।

उनले भने, ‘तपाई हामी जे सुकै कुरा त्याग्न तयार हुनुपर्छ, आज पर्यटन मन्त्री छु, पार्टी एक हुनका लागि सरकार पुनर्गठन गर्नुपर्ने भो, मन्त्री पद छोडिदिनुस् भन्नुहुन्छ भने हामी छोडिहाल्छौं, राजिनामा दिउँला’ उनले भने ‘के गर्दा पार्टी एकता बलियो हुन्छ त्यही गरौंला, पार्टीभित्र कुनै जिम्मेवारी मिलेको छैन भने मिलाउनुपर्छ, हिजो जिम्मेवारी बाँडफाँट गर्दा एक पक्षीय भएको छ भने मिलाएर जानुपर्छ । त्यसो गर्दा सरकार स्थिर र बलियो हुन्छ ।’


 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु