शुक्रबार १२ मंसिर, २०७७
मंसिर १२, बागलुङ । जिल्ला अदालत बागलुङले कीर्ते नागरिकता सिफारिस गरेको भन्दै वडाध्यक्षसहित पाँच जनालाई पक्राउ पुर्जी जारी गरेको छ ।
जिल्ला अदालत बागलुङले बागलुङ नगरपालिका–४ का वडाध्यक्ष ध्रुवबहादुर केसीसहित पाँच जनाविरुद्ध बिहीबार पक्राउ पुर्जी जारी गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी निरीक्षक विजय भण्डारीले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालयले पक्राउ पुर्जी जारी गरे पछि बागलुङले तत्कालीन वडा नं ४ का सचिव प्रेमबहादुर खड्का र कीर्ते नागरिकता लिनका लागि साक्षी बसेका ३० वर्षीय सन्तोष आचार्य पक्राउ परेका छन् ।
अरु नै व्यक्तिलाई आफ्नो अभिभावक बनाएर कीर्ते नागरिकता लिएको आरोपमा बागलुङ नगरपालिका–६ बाट पङ्कज सापकोटालाई प्रहरीले यसअघि नै पक्राउ गरिसकेको थियो ।
अदालतले कीर्ते नागरिकता लिने युवकका पिता गुरुदत्त आचार्य, वडाध्यक्ष ध्रुवबहादुर केसी र स्थानीय महेन्द्र सापकोटालाई पक्राउ गर्न भनेपछि प्रहरी परिचालन भएको छ ।