आईतवार १४ मंसिर, २०७७
मंसिर १४, काठमाडौं । केहीबेरअघि चिनियाँ रक्षामन्त्री वेइ फेङ्हे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका छन् ।
उनी केही घण्टाका लागि मात्र भनेर काठमाडौं आएका हुन् । उनले नेपालमा उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्नेछन् । त्यस लगत्तै उनी आजै काठमाडौंबाट फिर्ता हुनेछन् ।
विमानस्थलबाट सीधै बालुटारस्थित चिनियाँ दूतावासमा जाने र केहीबेर आराम गरेपछि उनी औपचारिक भेटवार्ताका लागि निस्किने छन् ।
उनको सबैभन्दा पहिले प्रधानसेनापति पूर्णचन्द्र थापासँग भेट्ने कार्यक्रम छ । दिउँसो दुई बजे उनी जंगीअड्डा पुग्ने छन् ।
जंगीअड्डापछि उनी प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न प्रधानमन्त्री निवास बालुवाटार पुग्ने छन् । बालुवाटारपछि उनी राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितल निवास जाने छन् ।
राष्ट्रपतिसँगको भेटवार्तापछि उनी सीधै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रस्थान गर्ने कार्यक्रम छ ।