आईतवार १४ मंसिर, २०७७
मंसिर १४, काठमाडौं । कैलाश एयरको हेलिकप्टर नुवाकोटमा ठूलो दुर्घटनाबाट बच्न सफल भएको छ ।
प्रदेश ३ का प्रमुख डीआईजी बसन्त लामाले जानकारी दिए अनुसार बागलुङबाट काठमाडौं आउँदै गरेको हेलिकप्टर चरासँग ठोक्किएपछि पाइलटले नुवाकोटमा आकस्मिक अवतरण गरेका हुन् ।
त्यस हेलिकप्टरमा रहेका सबै ६ जना सकुशल रहेका छन् । एक जना यात्रुको भने घुँडामा सामान्य चोट लागेको जानकारी आएको लामाले बताए ।
हेलिकप्टरको अगाडि भागमा चरासँग ठोक्किएपछि सामान्य क्षति भएको छ । उक्त हेलिकप्टरका यात्रु लिन अर्को हेलिकप्टर पठाइएको छ ।