मंगलवार ६ माघ, २०७७ (Tuesday January 19, 2021)

नेपाल उद्योग वाणिज्य महासंघको कोषाध्यक्षको चुनाव हुँदै

सोमबार १५ मंसिर, २०७७ फिल्म ~ शाला टिभी 1119


नेपाल उद्योग वाणिज्य महासंघको कोषाध्यक्षको चुनाव हुँदै

मंसिर १५, काठमाडौं । आइतबार आएको शेखर गोल्छाको नेतृत्वमा नेपाल उद्योग वाणिज्य महासंघको कोषाध्यक्ष चुन्न आज मतदान हुने भएको छ । 

तर सहमतिबाट नै कोषाध्यक्ष चयन गर्नु पर्ने माग नवननिर्वाचित वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल पक्षका केन्द्रीय सदस्यहरुले राखेका छन् । गोल्छा पक्षबाट केन्द्रीय सदस्यमा निर्वाचित भएकी सकुन्तला हिराचनलाई कोषाध्यक्षमा मनोनयन गर्न लागिएपछि एकलौटी निर्णय मान्य नहुने आवाज उठेको थियो ।

त्यसपछि जसको पक्षको भए पनि निर्वाचनबाट गरौं भन्ने सहमति जुटेको हो । सहमति पछि महासंघको निमित्त कार्यकारी निर्देशक मीना श्रेष्ठ संयोजकत्वमा निर्वाचन समिति गठन गरिएको छ । उक्त समितिले सोमबार दिउँसो महासंघको कार्यालयमा निर्वाचन गराउने तयारी गरेको छ ।

महासंघले बताए अनुसार १ लाख ५० हजार रुपैयाँ शुल्क तिरेर उम्मेद्वारले आजै मनोनयन गराउनु पर्ने र त्यसपछि कार्यसमितिभित्र मतदान हुनेछ । 

महासंघका एक पदाधिकारीले भने, ‘उम्मेद्वारी दर्ता भए पनि निर्विरोध हुनसक्ने सम्भावना पनि छ, यसकारण अहिले नै अरु केही भन्न सकिँदैन’ । ती पदाधिकारीका अनुसार ढकाल पक्षबाट डिबी बस्नेत र गोल्छा पक्षबाट हिराचनलाई कोषाध्यक्षमा उठाउने तयारी गरिएको छ ।

नवनियुक्त अध्यक्ष शेखर गोल्छाको अध्यक्षतामा बसेको पहिलो कार्यकारिणी समितिको बैठकले महासंघका पूर्वअध्यक्ष पशुपति मुरारकालाई विशिष्ट सदस्य मनोनित गर्ने निर्णय गरेको हो । 

त्यसैगरी गोल्छाले चण्डीराज ढकाललाई महासंघको राजनीतिबाट विस्थापित गर्ने भन्दै किशोर प्रधानलाई समर्थन गरेका थिए ।

त्यसैगरी केन्द्रीय कार्यकारिणी समितिमा प्रदेश १ का अध्यक्ष नरेश खड्कालाई पनि मनोनित गरिएको छ ।

वरिष्ठ उपाध्यक्ष पदमा चन्द्र ढकालसँग पराजित भएर महासंघको बैठकले मानार्थ सदस्यमा किशोर प्रधानलाई मनोनित गर्ने निर्णय गरेको छ । 


 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु