सोमबार १५ मंसिर, २०७७
मंसिर १५, काठमाडौं । सोमबार माइतीघरदेखि नयाँ वानेश्वरसम्म गरिएको प्रदर्शनमा राजा आऊ, देश बचाऊ भन्दै सहभागी जन्ताले राजतन्त्रको पक्षमा प्रदर्शन गरेका छन् ।
राष्ट्रिय शक्ति नेपाल उपत्यका आन्दोलन परिचालन समितिको नाममा भएको प्रदर्शनमा सहभागीले हातमा राष्ट्रिय झण्डा र पृथ्वीनारायण शाहको तस्वीर अंकित प्लेकार्डमा बोकेर प्रदर्शन गरेका हुन् ।