मंगलवार ६ माघ, २०७७ (Tuesday January 19, 2021)

राष्ट्र बैंकले ५० अर्ब तरलता उठाउँदै 

बुधबार १७ मंसिर, २०७७ फिल्म ~ शाला टिभी 1216


राष्ट्र बैंकले ५० अर्ब तरलता उठाउँदै 

मंसिर १७, काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारमा अधिक तरलता भएकोले बुधबार ५० अर्ब रुपैयाँ बजारबाट उठाउने भएको छ । 

यतिबेला बैंक तथा वित्तीय संस्था एक खर्ब ८६ अर्ब रुपैयाँ हाराहारीमा अधिक तरलता रहेको छ । राष्ट्र बैंकले अधिक तरलता भएपछि २८ दिनका लागि बैंकहरुबाट ५० अर्ब तरलता उठाउन लागेको हो ।  

केन्द्रीय बैंकले बुधबार उक्त परिमाणको निक्षेप बोलबकोल प्रक्रियाका माध्यमबाट सङ्कलन गर्न लागेको जनाएको छ । बैंकले बुधबार सार्वजनिक गरेको सूचनाअनुसार ब्याजदरसमेत बोलकबोलको माध्यमबाट नै निर्धारण हुनेछ ।पाँच करोडले भाग गर्दा निशेष भाग जाने गरी कूल आहृवान रकमसम्म बोलकबोलमा भाग लिन सकिनेछ ।

उक्त बैंकबाहेक अन्य बैंक तथा वित्तीय संस्थामा केन्द्रीय बैंकले धितोका रुपमा प्रयोग गर्न सकिने गरी धितोसम्बन्धी व्यवस्था गरिएको छ ।

बोलकबोल बहुब्याजदरमा पनि गर्न सकिने बैंकको सूचनामा उल्लेख गरेको छ । निक्षेप सङ्कलन उपकरणको बोलकबोलमा केन्द्रीय बैंकबाट इजाजत प्राप्त गरेका क, ख र ग वर्गमा बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने छन् । 

निक्षेपवापत जम्मा गर्न चाहेको रकम र ब्याजदर निक्षेप सङ्कलनको बोलकबोलमा उल्लेख गर्नुपर्नेछ भने समान ब्याजदर उल्लेख भएका बोल रकम समावेश गर्दा कुल निष्कासित रकमभन्दा बढी भएका प्रो रेट बेसिसमा बाँडफाँट गरिनेछ । 
निर्धारित ब्याजदरसहित सङ्कलन निक्षेप रकम सम्बन्धित बैंकले केन्द्रीय बैंकको खातमा निक्षेप सङ्कलन उपकरणको भुक्तानी मितिका दिन जम्मा गर्नुपर्नेछ । 

केन्द्रीय बैंकले २८ दिनका लागि निक्षेप सङ्कलनको उपकरणको बोलकबोल तथा निष्कासन गर्न लागेको हो । बैंकले सावा तथा ब्याज भुक्तानी आगामी पुस १५ गते गर्नेछ ।

बैंक तथा वित्तीय संस्थाहरुमा लगानी योग्य रकम (तरलता) अभाव भएमा पठाउने र तरलता धेरै भएमा केन्द्रीय बैंकले उठाउने गरेको छ ।
 




मतहरू

TimothyFoump

viagra tablets sale uk where to buy cialis buy-viagra-now.net cialis coupon cvs how to order viagra online

TimothyFoump

viagra super force 100 mg/60 mg pills safe place order cialis cheap canadian cialis online cutting cialis pills half buy discount generic cialis


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु