मंगलवार २३ मंसिर, २०७७
मंसिर २३, काठमाडौं । कतारमा सन् २०२२ मा हुने विश्वकपको लागि युरोपियन छनोटको ड्र सोमबार राति स्वीट्जरल्याण्डको ज्युरिखमा भर्चुल माध्यमबाट सार्वजनिक गरिएको छ । जसमा विश्वकपको साविक विजेता फ्रान्सले छनोटको समूहमा युक्रेन, फिनल्याण्ड लगायत देशसँग खेल्नेछ ।
त्यसमध्य युरोपका ५५ देशलाई विभिन्न १० समूहमा विभाजन गरिएको छ । ५ समूहमा ५(५ देश समावेश छन् भने ५ समूहमा ६(६ देश समावेश गरिएको छ । सन् २०२१ को युइएफए नेसन्स लिगको फाइनल्सका लागि छनोट भइसकेका बेल्जियम, फ्रान्स, इटली र स्पेनको समूहमा ५(५ टिम राख्ने पहिले नै तय भइसकेको थियो ।
युरोपियन क्षेत्रको छनोट चरणका खेलहरु सन् २०२१ को मार्चदेखि सुरु हुनेछन् । प्रत्येक समूहको विजेता सीधै विश्वकपमा छनोट हुनेछ भने बाँकी ३ टिम प्लेअफ मार्फत कतार विश्वकपमा पुग्नेछन् ।
कुन समूहमा कुन देश ?
समूह ‘ए’ : सर्बिया, पोर्चुगल, रिपब्लिक आयरल्यान्ड, लक्जेम्बर्ग, अजरबैजान
समूह ‘बी’ : स्विडेन, स्पेन, कोसोभो, ग्रिस, जर्जिया
समूह ‘सी’ : इटाली, स्विट्जरल्यान्ड, उत्तरी आयरल्यान्ड, बुल्गेरिया, लिथुवानिया
समूह ‘डी’ : फ्रान्स, युक्रेन, फिनल्यान्ड, बोस्निया हर्जगोभिना, कजाखस्तान
समूह ‘ई’ : बेल्जियम, वेल्स, चेक गणतन्त्र, बेलारुस, इस्टोनिया
समूह ‘एफ’ : अस्ट्रिया, स्कटल्यान्ड, डेनमार्क, इजरायल, फारोइ आइल्यान्ड्स, माल्दोभा
समूह ‘जी’ : मोन्टेनेग्रो, लात्भिया, जिब्राल्टार, नेदरल्यान्ड्स,टर्की, नर्वे
समूह ‘एच’ : स्लोभाकिया, रुस, क्रोएसिया, स्लोभानिया, साइप्रस, माल्टा
समूह ‘आई’ : हंगेरी, अल्बानिया, एन्डोरा, सान मारिनो, इंग्ल्यान्ड, पोल्यान्ड
समूह ‘जे’ : रोमानिया, आइसल्यान्ड, जर्मनी, उत्तरी म्यासेडोनिया, अर्मेनिया, लिचेन्स्टाइन