शुक्रबार ३ पुष, २०७७
पुष ३, काठमाडौं । नेपाल बैंक र निजी क्षेत्रको लगानीको मेगा बैंकले बिहिबार गत आर्थिक वर्षको मूनाफाबाट लाभांश दिने घोषणा गरे । जसमध्ये नेपाल बैंकले १२ प्रतिशत बोनस शेयर र ४ प्रतिशत नगद लाभांश (कर सहित) गरी कुल १६ प्रतिशत लाभांश दिने निर्णय गरेको छ ।
त्यसैगरी मेगा बैंकले पनि १० प्रतिशत बोनस शेयर र कर सहित ३.०५ प्रतिशत नगद गरी कुल १३.०५ प्रतिशत लाभांश बिहिबार नै दिने घोषणा गरेको छ । यी दुई बैंकसहित हालसम्म २७ वाणिज्य बैंक मध्ये २० बैंकले लाभांश घोषणा गरिसकेका छन् । अरु अन्य बैंकहरुले पनि लाभांश घोषणाको तयारीमा जुटेका छन् ।
अहिलेसम्म सबैभन्दा कम लाभांश घोषणा गर्नेमा सेञ्चुरी कमर्शीयल बैंक देखिएको छ भने हालसम्म लाभांश घोषणा गर्ने बैंकहरु मध्ये सबैभन्दा धेरै घोषण गर्नेमा एनआइशी एशिया बैंक र हिमालयन बैंक देखिएका छन् ।
एनआइशी एशियाले १९ प्रतिशत बोनस र १ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ भने हिमालयन बैंकले ६ प्रतिशत नगद लाभांश र १४ प्रतिशत बोनस दिने प्रस्ताव गरेको छ । उता यद्यपि, आकर्षक बोनस दिने नविल बैंक लगायतका आधा दर्जन बैंकहरुले लाभांश घोषणा गर्न अझै बाँकी रहेको छ ।
कुमारी बैंक, सिटिजन्स बैंक इन्टरनेसनले घोषण गरेको लाभांश साधारणसभाबाट पारित समेत गराइसकेको छ । अन्य बैंकहरुले भने सभाबाट पारित गराउन बाँकी छ ।
TimothyFoump
is the viagra you buy online real cialis without prescription cialis canada discount buy cialis online safely buy viagra uk tesco