मंगलवार ६ माघ, २०७७ (Tuesday January 19, 2021)

गोपिकृष्ण हल भत्काई सपिङ मल बनाउने तयारी 

शुक्रबार ३ पुष, २०७७ फिल्म ~ शाला टिभी 1100


गोपिकृष्ण हल भत्काई सपिङ मल बनाउने तयारी 

पुष ३, काठमाडौं । दर्शकको बाक्लो भीड लाग्ने गरेको काठमाडौंको चाबहिलमा रहेको गोपिकृष्ण हल भत्काउन सुरु गरिएको छ । यसका संचालकले ३ दिनदेखि हल भत्काउन सुरु गरेका छन् । 

गोपिकृष्ण हलमा ७ वटा पर्दा रहेका छन् । जसमध्ये, ओम, नम र शिवायःमा मात्र चलचित्र हेर्न पाइनेछ । तर गोपि, कृष्ण, राधा र मिरा हल भने भत्काइनेछ । 

गोपिकृष्ण हलका म्यानेजर प्रदिप दाहालले भने–‘सपिङ मल बनाउने योजनाले गर्दा हल भत्काउन लागेका हो । अब बन्ने भवनमा २ तला पार्किङ, ४–५ तला सपिङ सेन्टर, रेष्टुरेन्ट, लज, स्विमिङ पूल बनाउने योजना राखेको छ । यसपछि, छतमा गोपि र कृष्ण नाममा २ वटा हल संचालन हुनेछन् । नयाँ भवन बन्नका लागि अझै ३ बर्ष लाग्नेछ ।’ अब, ओम हलमा थ्रिडी पर्दा राख्ने तयारी गरिएको छ । यस्तै, ओम, नम र शिवायःमा नयाँ पर्दा र चिम राख्ने तयारी हल संचालकले गरेका छन् ।

नेपाली चलचित्रको कलाकार तथा निर्माता–निर्देशकले दर्शकसँग सिधै साक्षात्कार गर्नका लागि गोपिकृष्ण हल सबैभन्दा उत्तम मानिन्थ्यो । 
 




मतहरू

TimothyFoump

viagra buy generic cialis from india where to buy cialis online no prescription cialis savings card where can i order cialis

TimothyFoump

cheapest viagra super active cheap generic viagra canada cheap cialis soft buy viagra gold coast cheap levitra no prescription


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु