आईतवार ५ पुष, २०७७
पुष ५, काठमाडौं । शनिबार सम्पन्न भएको विश्वकै नम्बर १ डान्सिङ रियालिटी शो ‘डान्सिङ विथ दि स्टार्स’को नेपाली संकरण ‘डान्सिङ विथ दि स्टार्स नेपाल’को उपाधि सुमी मोक्तान र विजु पार्कीले जितेका छन् ।
विजेतालाई हिमालय टीभीका प्रमुख धर्मराज भुसालले ट्रफी प्रदान गरेका थिए । उनीहरुले उपाधीको साथै २० लाख रुपैयाँ र विभिन्न गिफ्ट ह्याम्पर समेत प्राप्त गरेका छन् ।
त्यसैगरी बुद्ध लामा र केवीका खत्रीले फस्ट रनरअपको उपाधि प्राप्त गरे । सेकेन्ड रनरअपको उपाधी भने प्रियना आचार्य र सुभम् भुजेलले प्राप्त गरेका छन् । उनीहरुले पनि विभिन्न गिफ्ट ह्याम्पर प्राप्त गरेका छन् ।
उपाधि जितेपछि प्रतिस्पर्धी सुमी मोक्तानले भनिन्, ‘जबसम्म मान्छेले सपना पुरा गर्न छाड्दैन, तबसम्म सफलता हात लाग्छ । ‘डान्सिङ विथ दि स्टार्स नेपाल’को विजेता बनेपछि मेरो करिअर नयाँ तरिकाले सुरु भएको छ ।’
सबैको माया, दर्शकको साथले यो उपाधि हात पारेको सुमीका कोरियोग्राफर पार्टनर विजु पार्कीले बताए । उनीहरुले नगद पुरस्कार भन्दा पनि दर्शकको माया ठूलो कुरा भएको बताए ।
TimothyFoump
levitra buy australia buy generic cialis cheap levitra no prescription cialis no prescription cialis buy online generic