मंगलवार ६ माघ, २०७७ (Tuesday January 19, 2021)

नेकपा एमाले अब ब्यूँतन सक्दैनः माधव नेपाल 

मंगलवार ७ पुष, २०७७ फिल्म ~ शाला टिभी 1166


नेकपा एमाले अब ब्यूँतन सक्दैनः माधव नेपाल 

पुष ७, काठमाडौं । नेकपा एमाले अब ब्यूँतन नसक्ने सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले बताएका छन् । 

नेता नेपालले प्रचण्ड माधव समूहका केन्द्रीय सदस्यहरुको भेलालाई सम्बोधन गर्दै पार्टीका पहिलो अध्यक्ष केपी शर्मा ओलीले बालुवाटारमा गरेको बैठक गुटको भेला मात्र भएको बताए । उनले भने, ‘कसैले पार्टीको नाममा धावा बोल्दैमा बैधानिकता पाउँदैन । ४४१ केन्द्रीय सदस्यको दुई तिहाई हामी यहाँ छौं ।’

उनले भने, ‘सुन्दैछु, नेकपा एमाले ब्यूँताउने रे । पार्टी एकता हुँदा नै दुवै पार्टी विघटन भइसक्यो । त्यो अब ब्यूँतन सक्दैन ।’ 

पार्टीमा किन समस्या आयो भनेर व्रिफिङ गर्दै नेता नेपालले पार्टी एकता भएपछि पहिलो अध्यक्षले आफ्नो गुटका मान्छेहरुलाई माथिमाथि लगेको तर आफूविरुद्ध बोल्नेललाई मौका नदिने एकाधाधिकारवादी शैली अपनाएको उनले बताए । 


 




मतहरू

TimothyFoump

viagra sale las vegas goodrx cialis cheap canadian cialis online cialis cheap cialis online pharmacy prescription


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु