आईतवार १२ पुष, २०७७
पुष १२, काठमाडौं । जापानमा कोरोना भाइरस (कोभिड–१९) को नयाँ प्रकार (भेरियन्ट) भेटिएसँगै सोमबारबाट लागू हुने गरी जापानले नेपाललगायतका मुलुकहरुबाट आउन विदेशी नागरिकलाई मुलुक प्रवेशमा रोक लगाउने निर्णय गरेको छ ।
अहिले लगाइएको प्रतिबन्ध विश्वका अधिकांश मुलुकहरुमा लागू हुने भएको जापानको विदेशमन्त्रालयले बताएको छ । जापानको स्थानीय सञ्चारमाध्यमका अनुसार जापानी नागरिक तथा जपानमा बसोबास गर्ने विदेशीहरुले भने जापानमा आउन पाउनेछन् । तर, उनीहरुले १४ दिन सेल्फ क्वारेन्टिनमा बस्नुपर्ने हुन्छ ।
जापानको टोकियोमा शनिबार कोरोनाको नयाँ भेरियन्टका दुई संक्रमित फेला परेका थिए । उनीहरु बेलायत भ्रमणबाट फर्किएका थिए । यसअघि शुक्रबार पनि बेलायतबाट आएका पाँच जनामा नयाँ भेरियन्टको संक्रमण फेला परेको थियो ।
सबैभन्दा पहिला बेलायतमा कोरोनाको नयाँ भेरियन्ट देखिएको थियो । कोरोनाको नयाँ भेरियन्ट बेलायतमा देखिएसँगै विश्वका ४० भन्दा धेरै मुलुकहरुले बेलायतमाथि रोक लगाइसकेका छन् ।
cheap viagra no rx where to buy cheap viagra online cialis sale toronto cheap viagra uk buy viagra sale amsterdam
TimothyFoump
order viagra pills online cialis canadian pharmacy buy viagra legally uk when will generic cialis be available cialis 2.5mg pills