मंगलवार ६ माघ, २०७७ (Tuesday January 19, 2021)

संविधान सही ठाउँमा नआएसम्म सडक छाड्दैनौंः भट्टराई

मंगलवार १४ पुष, २०७७ फिल्म ~ शाला टिभी 1151


संविधान सही ठाउँमा नआएसम्म सडक छाड्दैनौंः भट्टराई

पुष १४, काठमाडौं । प्रतिगमन नसच्चिँदासम्म सडक नछाड्ने भनेर नेकपा प्रचण्ड–माधव समूहका नेता योगेश भट्टराईले बताएका छन् ।

प्रचण्ड–माधव समूहले संसद विघटनको विरोधमा देशभर प्रदर्शन गर्दैछ, बाग्मती प्रदेशको हकमा भने काठमाडौंमा प्रदर्शनसहित जनसभा भइरहेको छ । सभालाई अध्यक्षद्धय पुष्पकमल दाहाल प्रचण्ड र माधकुमार नेपालका साथै नारायणकाजी श्रेष्ठ र झलनाथ खनाललगायतले सम्बोधन गर्ने कार्यक्रम छ ।

जनप्रदर्शनमा उल्लेख्य सहभागिता रहेको भन्दै नेता भट्टराईले भने, ‘जुन दिनसम्म प्रतिगमन सच्चिँदैन, संविधान सही ठाउँमा आउँदैन, प्रतिनिधिसभाको बैठक आह्वान गरिँदैन, हामी सडक छाड्दैनौं ।’
 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु