बुधबार १५ पुष, २०७७
पुष १५, रोल्पा । प्रधानमन्त्री केपी शर्मा ओलीले सबै नेताहरूको फोन ट्यापिङ र रेकर्डिङ गरेर आफ्ना विरोधीको प्रत्यक्ष जासुसी गरिरहेको आरोप नेकपा नेता तथा पूर्वमन्त्री वर्षमान पुनले लगाएका छन् ।
मंगलबार लिवाङमा संसद् विघटनविरुद्ध नेकपाको दाहाल–नेपाल समूहले आयोजना गरेको विरोधसभामा बोल्दै पुनले प्रधानमन्त्री ओली आफूभन्दा फरक विचार राख्नेविरुद्ध गैरकानुनी तवरमै खनिन थालेको बताए । ‘आज सबै नेताको फोन ट्यापिङ हुन्छ, रेकर्डिङ हुन्छ,’ उनले भने, ‘त्यसैले सबै नेताले आफ्नो कन्फिडेन्सियल कुरा फोनमा र मोबाइलमा गर्नुहुन्न ।’
राष्ट्रिय अनुसन्धान विभागलाई रातारात आफ्नो मातहत राखेको, राजस्व अनुसन्धान आयोग र सम्पत्ति शुद्धीकरण विभागलाई नियन्त्रणमा लिएर सम्पत्ति छानबिन गर्दा तर्साउन थालेको आरोप प्रधानमन्त्री ओलीलाई उनले लगाए । ओलीले पार्टीभित्रका साना विवादका कारण आलीले यति ठुलो कदम चालेको भन्दै अन्तर्राष्ट्रिय गुप्तचर निकायका मानिसको भ्रमण र पूर्वराजासँगको साँठगाँठको चर्चापछि संसद् विघटनको घटना भएको बताए ।
अहिले भइरहेको विरोध कार्यक्रम संसद् विघटनको कदम सच्याउन ‘रिहर्सल’ मात्रै रहेको भन्दै उनले यसपछि कडा कार्यक्रम गर्ने चेतावनी समेत दिए ।
viagra dr online how to get viagra prescription online viagra otc cialis viagra online uk can viagra make you last longer
cheaper viagra cialis levitra canadian pharmacy cialis order cialis online cialis canadian pharmacy buy cialis in us
Rochell
viagra online deutschland bestellen viagra online no prior prescription canada herbal viagra alternative cheap super viagra viagra brand